Navigation
Other Activity

पंजिकृत सदस्यता आवेदन लिने कार्य सम्पन्

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको पंजिकृत सदस्यता आवेदन लिने कार्य सम्पन्न भएकोछ । गत ३ अप्रिल मा सम्पन्न अन्तिम परिषद् भेलामार्फत एनसीसीले नया पंजिकृत सदस्यताको आह्वान गरेको थियो । आवेदन दिने अन्तिम म्याद आज १२ जुन २०१५ सम्ममा जम्मा २९३४ जना आवेदक हरुले आवेदन दिएकाछन् । आवेदकहरुले भरेका आवेदन तथा संलग्न गरेका कागजातहरु जाँच गरि अद्यावधिक भएका सदस्यहरु एनआरएनए एनसीसी कतारको आगामी कार्यकाल २०१५–२०१७का पं…जिकृत सदस्य हुनेछन् । 

छुट भएका कागजात बुझाउनको लागि आगामी १९ जुन सम्मको समय दिइएकोछ । सो अवधिमा तोकिए बमोजिमका कागजात नबुझाउने आवेदकको आवेदन स्वत रद्ध हुनेछन् । प्राप्त आवेदनहरु अद्यवधिक गरि यथासक्दो चाडै आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । सम्बन्धित समाचारहरु एनआरएनए एनसीसी कतारको वेभ साइट तथा फेसबुक पेज मार्फत सम्प्रेषण गरिने जानकारी सम्पूर्ण आवेदकहरुमा जानकारी समेत गराईन्छ ।