रुसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार (NRNA NCC Qatar) को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली राजदूतावास, कतारका कार्यवाहक राजदूत महामहिम श्री कुमार राईज्यूको विशिष्ट उपस्थिति रहेको थियो। साथै, राजदूतावासको संस्थागत प्रतिनिधित्व गर्दै प्रथम सचिव श्री जितेन्द्र गिरीज्यूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा NRNA ICC का विभिन्न पदाधिकारी तथा प्रतिनिधिज्यूहरू, सल्लाहकारज्यूहरू, पूर्वअध्यक्षज्यूहरू तथा कतारमा स्थापित सम्पूर्ण नेपाली संघ–संस्थाका अध्यक्ष, प्रमुख एवं प्रतिनिधिज्यूहरूको गरिमामय सहभागिता रहेको थियो।
श्रद्धाञ्जली सभाको क्रममा दीप प्रज्ज्वलन गरी बाढी विपत्तिमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको थियो। साथै, कार्यक्रममा सहभागी विभिन्न विशिष्ट महानुभाव तथा संघ–संस्थाका प्रतिनिधिज्यूहरूले शोक मन्तव्य व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो।
सभामार्फत विपत्तिबाट प्रभावित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै, पीडित परिवारको साथमा रहन तथा राहत, उद्धार र सहयोगका कार्यलाई थप प्रभावकारी बनाउन सामूहिक एकता, सहकार्य र मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा गरिमामय उपस्थितिका साथ सहभागी भई श्रद्धाञ्जली सभालाई सफल बनाउन सहयोग गर्नुहुने नेपाली राजदूतावास, NRNA ICC, सल्लाहकार तथा पूर्वअध्यक्षज्यूहरू एवं कतारस्थित सम्पूर्ण नेपाली संघ–संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिज्यूहरूप्रति NRNA NCC Qatar हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
कृष्ण पन्थी
अध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार
NRNA NCC Qatar