Navigation
Other Activity

रक्तदान कार्यक्रम सम्पन्न

Sep 22, 2023

१३ मार्च, दोहा कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको संयोजन तथा हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको सहयायेगमा कतारमा रहेका विभिन्न संघ संस्थाहरुले संयुक्तरुपमा रक्तदान शिविरमा सम्पन्न भएकोछ । रक्तदान गर्न इच्छुक १०३ जना दाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएको ४६जनाले मात्र रक्तदान गर्न पाएको थिए । रक्तदाताहरुमा एनआरएनए एनसीसी कतारका अध्यक्ष मक्सुद आलम, उपाध्यक्ष कुमार कार्की, महासचिव तथा इन्टरनेस्नल नेप्लिज ब्लड डोनरसका कोषाध्यक्ष बिनोद भट्टराई, सल्लहकार तथा नेपाली जन सम्पर्क समितिका सभापति बिमल सुबेदी लगायतका एनआरएन तथा सामाजिक व्यक्तित्वहरु समेत थिए । कतारमा रहेका नेपालीहरुले हरेक बर्ष संयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेका छन् । यस पटकको कार्यक्रममा सहभागि संस्थाहरु यस प्रकार छन् ।

  1. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार ।
  2.  नेपाली जन सम्पर्क समिति, कतार ।
  3.  प्रवासी नेपाली मञ्च कतार ।
  4.  नेपाल पत्रकार महासंघ, कतार शाखा ।
  5.  नेपाल इन्जिनियर्स एसोसिएसन कतार च्याप्टर ।
  6.  नेपाल प्रवासी आदीबासी जनजाति महासंघ कतार  ।
  7.  खस क्षेत्री सेवा समाज कतार ।
  8.  स्याङजा सहयोग समाज कतार ।
  9.  मोरङसुनसरी सेवा समाज कतार ।
  10.  प्रवासी झापाली सम्पर्क मञ्च, कतार ।
  11. गुल्मी सेवा समाज कतार ।
  12.  अर्घाखाँचि सेवा समाज कतार ।
  13.  म्याग्दी सेवा समाज कतार ।
  14.  पाँचथर सेवा समाज कतार ।
  15.  सिराह सेवा समिति कतार ।
  16.  पर्वत सेवा समाज कतार ।
  17.  ईलाम सेवा समाज कतार ।
  18.  कास्की आदर्श सेवा समाज कतार ।
  19.  चितवन युवा समुह कतार।
  20.  खोटाङ सेवा समाज कतार ।
  21.  सुनुवार सेवा समाज कतार ।

Blood Donation.png

11042989_647032628736838_6963420941565429548_n

11051227_812328445507008_2032335315_n

11051743_10206470702386330_6496910990677338507_n