Navigation
Other Activity

प्रोफेसर डा. बिशाल सिटौलासँग अन्तरक्रिया सम्पन्न ः

Sep 22, 2023

विगत करिब ३ दशक देखि नर्वेमा बसोबास गर्दै आउनुभएका प्रोफेसर डा बिशाल सिटौलाको विस्डम वेसन नेपाल प्रमोसन बिषयक ज्ञानमुलक प्रस्तुती सम्पन्न भएकोछ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् कतारको आयोजनामा १० जनवरी २०१४का दिन सम्पन्न सो कार्यक्रममा प्रो सिटौलाले आफुले नेपालमा भएका संस्कार, मुल्य मान्यता र परम्पराहरु महत्वपुर्ण बौद्धिक सम्पतीको रुपमा रहेको र यसलाई सहि तरिकाले प्रबद्र्धन गर्न सके सिङ्गो मानव समाजलाई सन्तुष्ट र खुसी बनाउन सक्ने आधारहरु सहितकरिब १ घण्टाको प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा कतार रहनुभएका एनआरएनए आइसीसी उपाध्यक्ष टि. बि. कार्की लगायत अग्रज अभियन्ताहरु सहित कतारका एनआरएनहरुको उपस्थिति रहेको थियो ।