Navigation
Other Activity

तेश्रो राष्ट्रिय परिषद् भेला सम्पन्न

Sep 22, 2023

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको तेश्रो राष्ट्रिय परिषद् भेला सफलरुपमा सम्पन्न भएकोछ । एनआरएनए आइसीसी उपाध्यक्ष टि.mबि. कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा मध्यपुर्व क्षेत्रीय उपसंयोजक पूर्ण के. सी., आइसीसी संस्थापक उपाध्यक्ष देवकाजी डंगोल, आइसीसी सदस्यद्धय अमृत गुरुङ तथा उमेश अधिकारी लगायत एनसीसीका पुर्व पदाधिकारीहरु तथा परिषद् सदस्यहरुको व्यापक उपस्थितिरहेको थियो ।  

भेलालो प्रस्तुत आर्थिक तथा कार्य प्रगति प्रतिवेदनलाई छलफल सहित पारित गर्नुका साथै एनआरएनए भवन निमार्ण सहयोग अभियानलाई तिब्रता दिदै आगामी सेप्टेम्बर भित्र अपेक्षित रकम पठाइ सक्ने तथा एनआरएनको परिभाषाका सम्बन्धमा अन्तराष्ट्रिय सम्मेलनले छलफल गरि पारित गरे बमोजिम १८२ दिन विदेश बसेका नेपालीहरुलाई परिभाषा भित्र समेट्दै अभियानमा सहभागि गराउनु पर्ने पक्षमा एनसीसी कतारले राख्दै आएको अडानलाई यथावत राख्दे आइसीसीमा सोहि अनुसार यो बिषयलाई उठान गर्ने निर्णय गरेकोछ । सोहि अवसरमा करिब ३ बर्ष कतारमा रहि सेवा गर्नु भएका श्रम सहचारी इन्द्र देव पाण्डेलाई विदाई गर्नुका साथै नया श्रम सहचारी लिलानाथ दहाललाई  स्वागत गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि कार्किका अलवा मध्यपुर्व क्षेत्रीय उप संयोजक पुर्ण के सी, आइसीसीस संस्थापक उपाध्यक्ष देवकाज िडंगोल, आइसीसी सदस्यद्धय अमृत गुरुङ तथा उमेश अधिकारी लगायत, सललाहकार संयोजक गुरुनारायण रानाभाट, पुर्व आइसीसी उपाध्यक्ष भोज बहादु (सागर) नेपाल, पुर्व एनसीसी अध्यक्ष कमलमणी गुरगााईले आ आफ्नो शुकामना मन्तव्य राख्दै  एनसीसी कतारको प्रगतिको कामना गर्नु भएको थियो ।

10653330_4586245990531_4918038761285888648_n 10659398_867658069920077_112135278075008358_n 10669998_4586223189961_4050512622982848628_n 10687227_4586204709499_5108524296155214936_n