Navigation
Other Activity

नेपाली राजदूतावास सँग छलफल

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले यहाँ कार्यरत नेपालीहरूका विविध समस्या समाधान गर्ने तथा आपसी समन्वयका विषयमा नेपाली राजदूतावास सँग छलफल गरेकोछ । एनआरएनए आइसीसी उपाध्यक्ष टि. बि. कार्की, मध्यपुर्व उपसंयोजक पूर्ण के. सी., आइसीसी सल्लाहकार नरेन्द्र भाट, एनसीसी सल्लहकार संयोजक गुरुनारायण रानाभाट सहित एनसीसी पदाधिकारी तथा सदस्यहरू सम्मिलित टोली दूतावासमा रहेको चाप न्यूनिकरण, राहादानी आवेदन तथा वितरणको व्यवस्थापन लगायत नेपालीहरूका ज्वलन्त समस्याका बारेमा छलफल गरिएको थियो । कार्यबहाक राजदूत गणेश प्र. ढकालले एनआरएनए लगायतका सङ्घ संस्थाहरुसँग समन्वय र सहकार्य गरेर कार्य गर्ने जानकारी दिनुभएकोछ ।