हार्दिक अपिल
हार्दिक अपिल
आदरणीय कतारमा स्थापित सम्पूर्ण संघ–संस्थाका प्रमुख ज्यूहरू, एनआरएनए अभियान्ताहरू, सामाजिक अभियान्ताहरू, व्यवसायी, कलाकार, साहित्यकार, खेलाडी, पत्रकार ज्यूहरू, पञ्जीकृत सदस्य ज्यूहरू तथा कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सादर नमस्कार ।
नेपालको भोटेकोशी नदीमा १० भदौ २०८३ गते आएको बाढीका कारण रसुवा, नुवाकोट, चितवनलगायतका विभिन्न जिल्लाका ठूलो जनधनको क्षति हुनका साथै परिवार प्रभावित भएका छन् । विपद्को यस कठिन घडिमा प्रभावित परिवारहरुको साथमा उभिनु हामी सबैको साझा दायित्व हो । विगतमा जस्तै गैरआवासीय नेपाली संघ कतार कतारमा स्थापित संघसंस्थाहरुको सहकार्यमा नेपालमा आईपर्ने विपद् तथा आपत्कालीन अवस्थामा मानवीय सहयोग गर्दै आएको अवगत नै छ ।
यसर्थ बाढी तथा प्राकृतिक बिपद्बाट प्रभावित परिवारहरुको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन सम्पूर्ण कतारमा स्थापित संघसंस्थाहरु, व्यवसायी, सामाजिक व्यक्तित्वहरुका हार्दिक अपिल गर्दछौ ।
सहयोगका लागी अनलाईन मार्फत (पोटल वा अन्य डिजिटल कार्ड) सिधै एनसीसी कतारको ग्लोबल आईएमई बैंकको ( Joint Account) संयुक्त खातामा सहयोग गर्न सक्नु हुनेछ । साथै तल उल्लेखित खातामा रकम जम्मा गरि साको जानकारी एनआरएनए एनसीसी कतारको सचिवालयमा उपलब्ध गराईदिनहुन समेत अनुरोध गर्दछौ ।
कृष्ण पन्थी
अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार