Navigation
Notice

कार्यक्रम स्थगन सम्बन्धी सूचना ।।

Aug 29, 2026

Program-Cancelled-1787995576.jpg

आदरणीय कतारमा स्थापित सम्पूर्ण संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, सामाजिक अभियन्ताज्यूहरू, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार ।

नेपाली महिला समाज कतार तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) कतारको महिला विभागको समन्वयमा तथा कतारमा स्थापित विभिन्न संघ–संस्थाहरूको संयुक्त आयोजनामा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा “रमाइलो तीज तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६” आगामी ४ सेप्टेम्बर २०२६, शुक्रबार आयोजना गर्ने तय भएको विषय यहाँहरूमा सर्वविदित नै छ ।

तर, मिति २६ अगस्ट २०२६, बुधबार नेपालका रसुवा लगायत विभिन्न स्थानमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भई सिंगो देश शोक र पीडामा रहेको वर्तमान संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै, यस वर्ष आयोजना गर्न लागिएको “रमाइलो तीज तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६” स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।

कार्यक्रमको मिति नजिकिँदै गर्दा विभिन्न व्यवस्थापकीय तथा उपसमितिहरूमार्फत कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनुभएका सम्पूर्ण संयोजक, सदस्य, स्वयंसेवक, सहयोगी संस्था तथा व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ । उहाँहरूको मेहनत, समय, साथ र सहयोगप्रति आयोजक संस्था सदैव कृतज्ञ रहनेछ ।

भवदीय ।

शिव भुजेल

महासचिव

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार