Navigation
Notice

गैरआवासीय नेपाली तारा- २०२३ (चौथो संस्करण) ग्राण्ड फिनालेमा सहभागिताको लागि हार्दिक अपिल

Jan 28, 2024

"नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ" भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारले संयुक्त रुपमा आयोजना गरेको गैरआवासीय नेपाली तारा-२०२३ (चौथो संस्करण) को ग्रान्ड फिनाले यहि फेब्रवरी २ तारिख ट्युनिसियन स्कुल,अल लक्तामा सम्पन्न हुन गैरहेको जानकारी गराउद छौ ।

यो प्रतियोगिताको मुख्य उद्देश्य भनेको प्रवासमा रहेर आफनो कला र संस्कृतीको जगेर्ना गर्न निरन्तर प्रयासरत  गायन तथा नृत्य क्षेत्रका प्र्रतिभााको खोजी गरि उनीहरुलाई हौसला प्रदान गर्ने हो । प्रतिभाको सहभागिताको सहजताको लागि पहिलो पटक डिजिटिल अडिसन मार्फत प्रतिभा छनौट गरि छनौट चरणका पहिलो, दोस्रो र तेस्रो चरण पार गरि फाइनल सम्म पुग्नुहुने सम्पुर्ण प्रतियोगिहरुलाई सफलताको लागी अग्रमि शुभकामना व्यक्त गर्दछौ । 

प्रतियोगितालाई थप निस्षक्ष र विश्वासिलो बनाउनको लागि नेपालबाट अथिति निर्णायकको भूमिकामा चर्चित गायक रामकृष्ण ढकाल तथा मोडल, नायिका, क्रोरीयोग्राफर पुर्णिमा श्रेष्ठ आउदै गरेको सहर्ष सबैमा जानकारी गराउदछौ । पछिल्लो समय रियालिटि सो हरु प्रतियोगिहरुको लागि आर्थिक रुपमा बोझीले हुने तथा भोटिङलाई मात्रै विजेता चुन्ने आधार बनाउदा प्रतिभा माथी अन्याय हुने कुरा प्रती आयोजक सचेत रहेका विश्वस्त पार्न चाहन्छौ । सोही कुरालाई मध्यनजर गर्दे भोटिङलाई ५० प्रतिशत र निर्णयकले प्रदान गर्ने नम्बरलाई ५० प्रतिशत गरी कुल १०० को पूर्णंकलाई आधार मानेर विजेता घोषणा गरिने पनि स्पष्ट पार्न चाहन्छौ । 

अन्त्यमा , गैरआवासीय नेपाली तारा-२०२३ (चौथो संस्करण)को  ग्रान्ड फिनालेमा कतारमा रहेका कलाकारहरुको बिबिध सास्कृतिक कार्यक्रम पनि रहने जानकारी सहित नयाँ प्रतिभालाई हौसला प्रदान गर्दे कार्यक्रमबाट आएको मुनाफबाट राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा कतारका सबै संघसंस्थाहरु र कतारवासी सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीमा सहभागिता भई सहयोगको लागी हार्दिक अपिल गर्दछौ ।

तपसिल,

मिति : २०२४ /०२ /०२  शुक्रबार
समय : बिहान १०  बजे
स्थान : ट्युनिसियन स्कुल,अल लक्ता, दोहा कतार 

आयोजक,

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र
तमु (गुरुङ)समाज, दोहा कतार ।