Navigation
Notice

एशियन कप कतार-२०२३ सम्बद्द गतिविधिहरुमा सहभागिताका लागि हार्दिक निमन्त्रणा

Jan 11, 2024

आदरणीय कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख ज्युहरु, सामाजिक अभियान्ता ज्युहरु, कलाकार ज्युहरु, पत्रकार ज्युहरु साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सादर नमस्कार ।

बिषय : कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध।

AFC Asian Cup Qatar 2023 को अबसरमा कतारका बिभिन्न स्थानमा खेल खेल्न र हेर्न आउनुहुने खेलाडी र दर्शकहरुको मनोरन्जनको लागि विभिन्न देशहरुको साँस्कृतिक प्रस्तुति हुने भएको छ। कर्मभूमिले आयोजना गरेको प्रतियोगिता सफल बनाउन नेपाली समुदायको प्रतिनिधित्व गर्दै निम्न स्थानमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयनमा नेपाली साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिने भएकोले उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौ।

मिति: ११ जनवरी २०२४ बिहिबार, समय: बेलुकी ७ बजे

स्थान: अलखोर औधोगिक क्षेत्रको स्टेडियम (परिवार सहित जाने दर्शक हरुका लागि सुरक्षित स्थानको ब्यबस्था गरिएको छ )

प्रस्तुति: नेपाली समुदायको प्रतिनिधित्व गर्दै तमु गुरुङ समाज कतारका कलाकारज्युहरु

स्थान: बारवा वाराहमा रहेको फुटबल स्टेडियम

प्रस्तुति: नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाल मगर संघ, शाखा कतारका कलाकारज्युहरु

स्थान: एसियन सिटि फुटबल स्टेडियम

प्रस्तुति: नेपाली समुदायको प्रतिनिधित्व गर्दै धानुक सेवा समाज कतारका कलाकारज्युहरु

मिति: १२ जनवरी २०२४ शुक्रबार, समय: बेलुकी ७ बजे

स्थान: अलखोर औधोगिक क्षेत्रको स्टेडियम (परिवार सहित जाने दर्शक हरुका लागि सुरक्षित स्थानको ब्यबस्था गरिएको छ )

प्रस्तुति: नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाल मगर संघ शाखा कतारका कलाकारज्युहरु

स्थान: बारवा वाराहमा रहेको फुटबल स्टेडियम

प्रस्तुति: नेपाली समुदायको प्रतिनिधित्व गर्दै तमु गुरुङ समाज कतारका कलाकारज्युहरु

स्थान: एसियन सिटि फुटबल स्टेडियम

प्रस्तुति: नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेवा पुचः कतारका कलाकारज्युहरु

बिस्तृत बिबरणको लागि सम्पर्क :

बिबेक पुलामी मगर - साँस्कृतिक संयोजक - सम्पर्क नम्बर ७०५४ ०९३२

रबिन मगर

महासचिव

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।