Navigation
Notice

गैरआवासीय नेपाली तारा - २०२३, कतारको चौथौ संस्करण दोस्रो चरणको छनौट कार्यक्रम सम्बन्धमा

Dec 21, 2023

पहिलो चरणबाट छनौट हुनु भएका कलाकारज्यूहरुलाई उपस्थित लागि हार्दिक अनुरोध।

आदरणीय कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख ज्युहरु, सामाजिक अभियान्ता ज्युहरु, कलाकार ज्युहरु, पत्रकार ज्युहरु साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सादर नमस्कार ।

बिषय : गैरआवासीय नेपाली तारा - २०२३, कतारको चौथौ संस्करण दोस्रो चरणको छनौट कार्यक्रम सम्बन्धमा।

नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ“ भन्ने नाराका साथ प्रवासमा लुकेर बसेको कलालाई प्रष्फुटन र उजागर गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको सयुक्त आयोजनामा भैरहेको गैरआवासीय नेपाली तारा - २०२३, कतारको चौथौ संस्करण गायन तथा नृत्य प्रतियोगिताको दोस्रो चरणको छनौट कार्यक्रम निम्न मिति, स्थान र समयमा हुने भएको सम्पूर्णलाई जानकारी को लागि अनुरोध गर्दै पहिलो चरणबाट छनौट हुनु भएका कलाकारज्यूहरुलाई उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

मिति : २२ डिसेम्बर २०२३ शुक्रवार

समय : बिहान ठिक बिहान ९ बजे देखि

स्थान : कतार च्यारिटि सभा हल न्यु सलता (अल अरबिया स्पोर्ट क्लब सङै)

नोट: कार्यक्रम निर्धारित समयमा शुरु हुने र सकिने भएकाले उल्लेखित समयमा नै उपस्थिति भै दिनु होला।

रबिन मगर 

महासचिव 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।