Navigation
Notice

गैरआवासीय नेपाली तारा २०२३ (चौथो सस्करण) उद्घाटन तथा पहिलो अडिसन कार्यक्रममा उपस्थिति हुने सम्बन्धमा

Nov 28, 2023

कतारमा स्थापित सम्पूर्ण संघ संस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू, सामाजिक अभियन्ता ज्युहरु, पत्रकार ज्यूहरु, साथै सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक नमस्कार ।  

“नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ“ भन्ने नाराका साथ प्रवासमा लुकेर बसेको कलालाई प्रष्फुटन र उजागर गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको सयुक्त आयोजनामा हुन गइरहेको गैरआवासीय नेपाली तारा – २०२३, कतारको चौथौ संस्करण गायन तथा नृत्य प्रतियोगिताको उद्घाटन तथा पहिलो अडिसन कार्यक्रम निम्न मिति समय र स्थानमा ब्यहोरा जानकारी सहित सम्पुर्णमा उपस्थित भइ दिनुहुन सादर निमन्त्रणा गर्दछौं ।

नोट: सस्थागत निमन्त्रणाको लागि इमेल पनि गरिएको छ यदि पाउनु भएको छैन भने यसै सूचनालाई आधार मानेर कार्यक्रममा उपस्थित भई दिनु होला। 

मिति : १ डिसेम्बर २०२३ शुक्रबार
स्थान : फुलबारी रेस्टुरेन्ट, सनैया
समय : दिनको ठिक ११ बजे देखि (कार्यक्रम समयमानै सुरु हुने भएकोले समयको ख्याल गरिदिनु होला )

आयोजक
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार
र तमु (गुरुङ) समाज कतार

रोशन अर्याल  
सचीव   
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।