Navigation
Notice

११४ औ लक्ष्मी जयन्ती समारोह -२०८०

Nov 16, 2023

हार्दिक निमन्त्रणा ।

यही १७ नोभेम्बर २०२३ का दिन ११४ औँ लक्ष्मी जयन्तीको अवसरमा साहित्यकार "कृसु क्षेत्रीको एकल रचना वाचन कार्यक्रम" तथा अनेसास नवोदित साहित्यिक वाचनालय कतारको १४० औँ वाचन डबली र मुग्लानी सौगात मासिक ९० औँ वाचन डबलीका साथ ब्यानर अनुसारको संयुक्त कार्यक्रम हुन गइरहेको हुँदा कतारमा रहेर नेपाली भाषा, साहित्य र कलालाई माया गर्ने सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ।

मिति - १७ नोभेम्बर २०२३

स्थान - नेपाली राजदूतावास, दोहा कतार

समय- दिउँसो ठिक १ बजेदेखि

आयोजकहरू

- अनेसास कतार च्याप्टर

- नवोदित साहित्यिक वाचनालय कतार

- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको ( साहित्य तथा प्रकाशन विभाग )

- सन्ध्याग्रुप " मुग्लानी सौगात" अलखोर, कतार

रमेश भट्ट

अध्यक्ष

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार