Navigation
Notice

शोकसभा कार्यक्रममा उपस्थिति जनाईदिनु हुने सम्बन्धमा

Nov 08, 2023

Notice-for-Shok-Sava-1699537518.jpgकतारमा स्थापित सम्पूर्ण संघ संस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,  पत्रकार ज्यूहरु, सामाजिक अभियन्ता ज्युहरु, बुद्धिजीवी  ज्युहरु,व्यावसायिक ज्युहरु  साथै सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक नमस्कार। 

बिषय: शोकसभा कार्यक्रममा उपस्थिति जनाईदिनु हुने सम्बन्धमा। 

उपरोक्त सम्बन्धमा जाजरकोट जिल्ला केन्द्रविन्दु बनाएर ९ कार्तिक १७ गते २०८० शुक्रबार, तदनुसार ३ नोभेम्बेर २०२३ मध्यराती गएको ६.४ रेक्टर स्केलको भुकम्पले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पुर्याएको मानविय एवं भौतिक क्षती प्रति गहिरो दुःख व्यक्त गर्दछौं । भूकम्पमा परी ज्यान गुमाउने हरु प्रति हार्दिक श्रद्धाञ्जली शोक सभा साथै घाइते उपचाररत हरु प्रती शिघ्र स्वास्थ्य लाभको कामना कार्यक्रम निम्न मिति, स्थान र समयमा हुने भएकोले यहाँ हरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

नोट - NRNA -NCC कतारको क्यालेन्डर अनुसार नेपाली हरुको चाड दशै,तिहार ,छठ,नेपाल सम्बत ११४४ , वलिहाङ्ग तङ्गनाम ,तथा उभौली ,२०२३ नोभेम्बर १० मा गर्ने भनिएको कार्यक्रम स्तगित गरिएको पनि जानकारी गराउन चाहान्छौ!

मिति : १० नोभेम्बर २०२३ शुक्रबार 
स्थान : नेपाली राजदूतावास कतारको सभाहल
समय : दिनको १२ बजे देखि

 हार्दिक धन्यवाद सहित🙏

रबिन मगर 
महासचिव 
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।