Navigation
Notice

प्रेस विज्ञप्ति

Nov 04, 2023

                                                             प्रेस विज्ञप्ति 
 
जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रविन्दु बनाएर (कार्तिक १७ गते२०८० शुक्रबार, तदनुसार ३ नोभेम्बेर
२०२३) मध्यराती गएको ६.४ रेक्टर स्केलको भुकम्पले जाजरकोट र रुकुम पश्चिम सँगै देशभर  पुराएको पुर्‍याएको मानविय 
एवं भौतिक क्षती प्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार गहिरो दुःख व्यक्त गर्दछौ । भुकम्पमा 
परेर ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाजली अर्पण गर्दे घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । यस विपतको
घडिमा राहत तथा उद्धारमा सक्रियताका साथ लाग्नको लागि नेपाल सरकार एवं सम्बन्धित सबैमा हार्दिक अपिल 
गर्दछौ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार मातृभुमिमा परेको हरेक समस्यामा सदा झै सहयोग गर्न 
प्रतिवद्ध रहेकोले भुकम्पबाट प्रभाति क्षेत्रमा तत्काल उद्धार तथा राहतकोलागि कतारमा स्थापीत सम्पुर्ण संघ–संस्थाहरु 
सँग समन्वय एवं नेपाली राजदुतावास कतार सँग सहकार्य गरेर नेपाल सकारलाई छिट्टै सहयोग गर्ने प्रतिवद्धता व्यक्त 
गर्दछौ ।

अध्यक्ष 
रमेश भट्ट 
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार