Navigation
Notice

८ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागि हुन ईच्छुक प्रतिनिधीहरुले नाम दर्ता गराउने सम्बन्धि सुचना

Sep 26, 2023
गैरआवासीय नेपाली संघको आगामी १४ अक्टुबर २०१७ देखि १७ अक्टोबर २०१७ सम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको ८ औ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिताको लागी आइसीसीको विधानको दफा १३.७ तथा अनुसुची ६ बमोजिम प्रतिनिधिहरु चयन गरी पठाउनु पर्ने भएकोले सहभागि हुन इच्छुक एनसीसी कतारका पदाधिकारी तथा सदस्य ज्यूहरुले आगामि २५ सेप्टेम्बर २०१७ भित्र तोकिएको विवरण तथा शुल्क सहित आवेदन दिनुहुनको लागि अनुरोध सहित यो सुचना प्रकाशित गरिएकोछ । कतारबाट अधिकतम १२५ जना प्रतिनिधिहरु मात्र सहभागि हुन सक्ने भएकोले सो भन्दा बढि आवेदन प्राप्त भएमा तपशिलमा उल्लेखित प्राथमिकता क्रमका आधारमा प्रतिनिधि चयन गरिनेछ । प्राथमिकताको क्रम :- क) अन्तर्राष्ट्रिय समन्वय परिषदका बहालवाला संरक्षक तथा सल्लाहकारहरु । ख) अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरु । ग) राष्ट्रिय समन्वय परिषदका बहालवाला पदाधिकारी तथा सदस्यहरु । घ) अन्तर्राष्ट्रिय समन्वय परिषदका विभिन्न समिति तथा कार्यदलका बहालवाला सदस्यहरु । ङ) राष्ट्रिय समन्वय परिषद्का निवर्तमान पदाधिकारी तथा सदस्यहरु । च) राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारी तथा सदस्यहरु । छ) अन्तर्राष्ट्रिय समन्वय परिषद्का विभिन्न समिति, उपसमिति तथा कार्यदलका वर्तमान र पूर्व सदस्यहरु ज) पंजीकृत सदस्य भई राष्ट्रिय समन्वय परिषद्को विभिन्न समितिमा काम गरेका व्यक्तिहरु । झ) लामो समय सम्म पंजीकृत सदस्य भएका । ञ)  पंजिकृत सदस्यहरु (पहिलो आवेदन दिनेलाई पहिलो प्रथामिकताको क्रममा) सहभागिता दर्ता शुल्क: अमेरिकि डलर १००/- (कतारी रियाल ३६५.०० ) । हालसालै खिचेको फोटो : १ प्रति (ईमेलबाट पनि फोटो उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ ।) सहभागिहरुले आवेदन दिदा आफ्नो तपसिलका विवरणहरु उपलब्ध गराउनु हुन अनुरोध छ । अन्य आवश्यक विवरणहरु सम्बन्धित आवेदकको पंजिकृत सदस्यता प्रोफाइलबाट लिईनेछ । तसर्थ  सदस्यहरुले आˆनो प्रोफाइलमा निम्म विवरणहरु अद्यावधिक राख्नु हुन समेत अनुरोध छ । विवरण फरक परेमा यहाँहरुको सहभागिता अनिश्चत बन्न सक्ने कुरा समेत सबैमा अगि्रम जानकारी गराईन्छ । सहभागि हुन इच्छुक आवेदकहरुले उपलब्ध गराउनु पर्ने विवरण पुरा नाम (English ) :- पंजिकृत सदस्यता प्रोफाइल बमोजिम हुनेछ । सदस्यता नंं. : पदः पासपोर्ट न.: कतार प्रवेश मितिः कतार सम्पर्क नम्बरः   नेपालको सम्पर्क नंं इमेलः पेशाः नोट :   १) सहभागीहरुले कतारमा कम्तिमा २ बर्ष देखि बसोबास गरिरहेको प्रमाण खुल्ने परिचय पत्र वा राहदानी अनिवार्य साथमा लैजानु पर्नेछ । २) आवेदकहरु मध्येबाट चयन भएका प्रतिनिधिहरुको नामावली ३० सेप्टेम्बर भित्र आइसीसीलाई पठाई सकिनेछ । ३) एनसीसीले पठाएको नामावलीमा समावेस नभएका सदस्यहरुले प्रतिनिधिको रुपमा सहभागीता जनाउन असमर्थ हुनुहुनेछ ।  ४) विश्व सम्मेलन सम्बन्धि सुचना तथा जानकारीहरुको अपडेट आइसीसी तथा एनसीसीको वेभ साइटहरुमा अद्यावधिक गरिनेछ । सम्पर्क ब्यक्तिहरु : नवीन पोखरेल- ३३३१३१७०ः, तेज कटुवाल -५५८६८२१४, बुधबल गुरुङः -५५६००२३५ Email : [email protected] बुधबल गुरुङ महासचिव मिति : ११ सेप्टेम्बर २०१७