Navigation
Notice

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!

Sep 26, 2023
निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा ´सिस्नु पानी नेपाल´को प्रस्तुती "दुई थोपा हासो" कतारका विभिन्न स्थानहरुमा सन्चालन गर्न लागिरहेको हुँदा समस्त कतारबासी नेपालीहरुलाई उपस्थितीको लागि हार्दिक आमन्त्रण गरिन्छ । बैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत नेपाली कामदारहरुको तनाब ब्यवस्थापन गर्न र बिशुद्द मनोरञ्जन दिलाउनका निम्ति सिस्नु पानी नेपालको कार्यक्रम नेपाली दुताबास कतारको सहयोग तथा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्बय परिषद् कतारको समन्बयमा सम्पन्न हुने जानकारी गराउन चाहन्छौ ।
नोट: यसै सूचनालाई आधार मानी सम्पुर्ण कतारबासी नेपाली समुदायहरुको उल्लेखनिय उपस्थितीका लागि अनुरोध गरिन्छ ।
पहिलो प्रस्तुती :-
स्थान : अल जाबेर कम्पनी क्याम्प अल खोर
मिती : २८ जनवरी २०१६ बिहीवार (आज)
समय : साझ ठिक ७:३० बजे
प्रबेस : निशुल्क
दोस्रो प्रस्तुती :-
स्थान : सनैया-१५ पिजन ईन्जिनियरिङ क्याम्प
मिती : जनवरी २९ २०१६ शुक्रबार (भोली )
समय : दिउसोको ठिक १२:०० बजे
प्रबेस : निशुल्क
तेस्रो प्रस्तुती :-
स्थान : सनैया-४१ QTCG क्याम्प
मिती : जनवरी २९, २०१६ शुक्रबार (भोली  )
समय : दिउसो ३:०० बजे
प्रबेस : निशुल्क
कलाकारहरु
१) मनोज गजुरेल ( हास्य ब्यङग)
२) अर्जुन पराजुली( ब्यङग कबिता )
३) राजु अधिकारी ( योगा तथा स्वास्थ्य बिज्ञान )
४) लक्ष्मण गाम्नागे (ब्यङग कबिता )
५) टंक आचार्य (कबिता मुक्तक तथा कार्यक्रम संचालक )
६) शिशिर योगी (गीत)
७) धिरेन्द्र प्रेमर्सी (कबिता/ प्यारोडी)
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्बय परिषद् कतार