Navigation
Notice

प्रेस वक्तव्य

Sep 26, 2023
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार कार्यसमितिको गत ०७फरवरी २०१४मा सम्पन्न बैठकले संस्थाको निर्देशिका बमोजिम यहाँलाई एनआरएन कप फुटबल कतार २०१४ मा सहभागि फुटबल टिमहरु तथा सो प्रतियोगिताबाट छनौट भएका खेलाडि मित्रहरु, प्रवासमा नेपाल, नेपाली कला, संस्कृति, खेल तथा पर्यटनलाई कुनै न कुनै माध्यमबाट प्रबद्र्धन गरिरहने क्रममा कतारमा कार्यरत नेपाली फुटबल प्रतिभाहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ कतारमा रहेका ५०० भन्दा बढि खेलाडि तथा अफिसियलहरुको प्रत्यक्ष सहभागितामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले एनआरएन कप २०१४ सफलताका साथ सम्पन्न गरेको थियो । सो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने सबै टिमका खेलाडिहरु सम्मिलित कम्यूनिटि स्तरिय टिम निर्माण गरि कतारमा आयोजना हुने विभिन्न प्रतियोगिताहरुमा सहभागि गराउने एनआरएनए एनसीसीको पुर्व घोषित योजना अनुसार सो टिमले कतार राष्ट्रिय दिवस लगायतका अवसरमा सहभागि भइसकेको छ भने आशन्न वर्कर कपमा सहभागि हुने तयारीमा छ । यहि बीचमा कतार फुटबल एसोसिएसनद्धारा आयोजित एशियन कम्यूनिटि स्तरिय खेलमा समेत सहभागि हुनको लागि आवाश्यक तयारी अगाडी बढाइएको थियो । सो प्रतियोगितामा सहभागिताको एउटा शर्त सम्बन्धित देशको दुतावासद्धारा प्रमाणित पत्र समेत उपलव्ध गराउनु पर्ने रहेकोले एनआरएनए एनसीसीले दुतावासलाई आवाश्यक व्यहोराको पत्र उपलब्ध गराई दिन पटक पटक अनुरोध गर्दा समेत सो पत्र प्राप्त नभएको कारण सो प्रतियोगितामा सहभागि हुने कार्यलाई अगाडी बढाउन नसकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । सो प्रतियोगितामा प्रतिपष्र्धा गरेर प्रवासमा नेपालको झण्डा लाई उच्च बनाउने आकांक्षा राखेका खेलाडी मित्रहरु तथा अफिसियलहरुको भावनामा लागेको ठेस प्रति एनआरएनए एनसीसी कतार दुख व्यक्त गर्दै अन्य खेल गतिविधिहरु मार्फत यहाँहरुको खेल प्रतिभालाई सम्बद्र्धन गर्न आवश्यक सहयोग जारी राख्ने जनकारी गराउदछौं । धन्यवाद।