Navigation
Safe Migration & Welfare

एनआरएन कतारद्धारा ३५ हजार सहयोग

Sep 22, 2023

दुतावासको शरणमा रहेका हरि बहादुर बुढालाई गैर अवासिय नेपाली संघ कतारले राहात स्वरुप कतारी रियाल १ हजार २ सय ५० ९ ३५ हजार रुपैयाँ ० सहयोग गरेको छ । न्यायका लागी अदालत पुगेका उनलाई केही राहात मिलोस भन्ने हेतुले सहयोग गरिएको हो ।  एनआरएनए कतारका केन्द्रिय सदस्य तथा श्रमिक कल्याण तथा सुरक्षित आप्रवासन समिती संयोजक चिन्तामणी पौडेलको पहलमा उनलाई सहयोग गरिएको हो ।  पिडित हरिबहादुर दुतावासमा आश्रय लिएर बसेका छन । एनआरएनएको सदस्यता आवेदन फारम संकलनका लागी दुतावासमा खटिएका पदाधिकारीहरु कुमार कार्की , बिनोद भट्टराई , दोर्ण बस्नेत , नन्द र्गवुजा , मुक्तार आलम , प्रेम सिटौला लगायतको रोहवरमा सहयोग गरिएको हो । पिडित हरिवहादुर नेपाल र्फकने प्रतिक्षामा छन ।