Navigation
Photo Gallery

कतार च्यारिटी र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा नेपाली समुदायसंग अन्तरक्रिया कार्यक्रम

Dec 17, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले कतारको परोपकारी संस्था कतार च्यारीटीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार साँझ कतार च्यारिटीको न्युसलातामा रहेको अफिसमा च्यारिटीका विभाग प्रमुख खैरउद्धिनको विशेष उपस्थितिमा नेपाली समुदायका संस्थाका प्रतिनिधिहरूसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै दुवै पक्षबाट दिन सकिने योगदान तथा सहयोगका  बारेमा बृहत् अन्तरक्रिया गरेको हो । 
अन्तरक्रियामा च्यारिटीले नेपाली समुदायका लागि विभिन्न किसिमका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली समुदायसँग सहकार्य गर्न आतुर रहेको बताए । उनले पढ्न इच्छुक व्यक्तिका लागि अरबिक भाषाको पढाइ तथा लेखन, सिलाइ कटाइ, कम्प्युटर शिक्षा, कुक लगाएतका तालिम निःशुल्क उपलब्ध गराउने बताए । उनीहरूले समूह बनाएर आउने नेपालीहरूका लागि विशेष प्राथमिकता दिने बताउँदै एन आर एन ए एनसीसी कतारसँग समन्वय गरेर आउन पनि आग्रह गरेका थिए । 

अन्तरक्रियामा उठेका प्रश्नहरूको जवाफ दिँदै कतार च्यारीटीका अधिकारीले नेपाली स्कुल, नेपाली कल्चरल हाउस सन्चालन लगाएत विषयमा समेत सहयोगका लागि पहल गरिरहेको बताए । "नेपाली समुदायले आफ्नो वार्षिक क्यालेन्डर बनाएर एनसीसीमार्फत सहयोगको अपेक्षा गरेमा सबै किसिमको सहयोग गर्नेछौं," अधिकारीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए । सन् १९९२ को अन्तिमबाट कतारमा च्यारिटीले काम थालेको बताउँदै नेपाली समुदायले च्यारिटीबाट लाभ लिन नसकेको प्रो. मोहम्मद रमजान अलि मियाँले बताए । उनले विभिन्न आप्रवासी समुदायको सामाजिक उत्थानका निम्ति प्रभावकारी कार्य गर्दै आएता पनि नेपाली समाजको आपसी अनावश्यक विवाद तथा खिचातानीका कारण कतार च्यारिटीबाट लाभ लिन नसकेको स्पष्ट पारे । गत महिना नेपाली राजदुतावास मा बसेको संयुक्त बैठकमा नेपाली समुदायका लागि एनसिसि कतारका बरिष्ठ उपाध्यक्ष कृष्ण पन्थी, दितिय उपाध्यक्ष केशब कार्की तथा तृतीय उपाध्यक्ष सन्दिप भट्टराई को संयोजकत्वमा च्यारिटि बक्स नेपाली समुदाय लाई प्रदान गरिने भएको छ ।

एनसीसीका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले  मध्यस्थकर्ताका भूमिका खेलेको कार्यक्रममा पन्थीले एनसीसी कतारको समन्वयमा च्यारिटीमार्फत खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाइने बताउँदै शनिबार १६ वर्ष मुनिका नेपाली विद्यार्थीहरुले सामुदायिक प्रतिनिधित्व गर्दै फुटबल खेल्न लागेको जानकारी दिए । एनसीसी कतारले फरक किसिमको कार्यक्रम गरेको भन्दै सहभागीहरूले प्रशंसा गरेका थिए भने च्यारिटीसँगको सहकार्यले नेपाली समुदाय लाभान्वित हुने अपेक्षा गरिएको छ । 

संयुक्त राष्ट्रसंघका विभिन्न मानवीय कल्याणकारी सेवामा यस संस्थाले सहकार्य गर्दै आएको छ । जसमा युनेस्को आइओएम छन् । च्यारिटीले विभिन्न विपत्ति तथा समस्या, युद्धग्रस्त क्षेत्र, महामारी तथा प्रकोपहरूमा अन्तर्राष्ट्रियस्तरमै आफ्नो सेवा दिँदै आएको छ । नेपालमा २०७२ सालमा गएको महाभूकम्प पश्चात ७ वर्ष अगाडि कतार च्यारिटी र समाज कल्याण परिषदबीच पाँच वर्षे एकीकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो ।  
जसले नेपालको शिक्षा, स्वास्थ्य, गरिबी निवारण तथा सामाजिक क्षेत्रहरूमा मानवीय कार्य गर्दै आएको छ । हिल नेपाल लगाएत  दर्जनौं स्थानीय सामाजिक संस्थाहरूसँगको समन्वयमा कतार च्यारिटीले नेपालका विभिन्न प्रदेशमा आफ्नो कार्य विस्तार गरेको छ । नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खाद्यान्न, आर्थिक सशक्तीकरण, बाल्यकाल, सामाजिक हेरचाह र सामाजिक सद्भावजस्ता बहु मानवीय र विकास क्षेत्रहरूमा यसले कार्य गर्दै आएको छ । यसैगरी नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन लुम्बिनी प्रदेश सरकारलाई ८ वटा सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण समेत गरेको छ ।

कतार च्यारिटीले पहाड तथा तराईका विपन्न परिवारको आयआर्जन तथा आर्थिक स्रोत वृद्धिको सहयोगका लागि व्यावसायिक सहयोग परियोजना सञ्चालन गरेको छ । अरब मुलुकको सबैभन्दा ठूलो गैरसरकारी संस्थामध्येको कतारको सामाजिक संस्था च्यारिटीको सहयोग तथा आरडीसी नेपालको आयोजनामा उक्त परियोजना सञ्चालन गरिएको हो । ७ वर्ष अगाडि नेपालमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको च्यारिटीले हालैमात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरेको थियो । च्यारिटीले विश्वका करिब ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरू सञ्चालन गर्दै आइरहेको छ । यो संस्थाले स्थापनाकालदेखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानवीय सहायता र दिगो विकास कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । संस्थाले नेपालमा हालै पनि आँखा शिविर सञ्चालन गरेको थियो भने जाजरकोट भूकम्प पीडितको राहत तथा उद्धारमा पनि क्रियाशील रहेको छ ।

१) माथि उल्लेखित कुनै पनि श्रमिक सचेतना तथा परामर्शका कार्यक्रमहरु सम्बन्धमा थप जानकारीका लागि  सम्पर्क:- 
तृतीय उपाध्यक्ष सन्दिप भट्टराई 

 

WhatsApp-Image-2023-12-17-at-16.06.34_cdb12baa-1702818545.jpg

सम्पर्क नम्बर: ३३९२८८०३
 संयोजक
श्रमिक सचेतना तथा परामर्श बिभाग 
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।

 

 २) माथि उल्लेखित कुनै पनि सिप तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सम्बन्धमा थप जानकारीका लागि  सम्पर्क:- 
महिला उपाध्यक्ष नानु घले 

Nanu-Ghale-Women-Vice-President-1702818582.jpg
सम्पर्क नम्बर: ३००८६१८१ 
 संयोजक
 सिप तथा क्षमता अभिवृद्धि बिभाग 
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।