Navigation
Photo Gallery

एनआरएनए कतारद्वारा ५ जना महिलालाई स्वदेश फिर्ता

Jan 03, 2024

दोहा : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले अलपत्र ५ जना नेपाली महिला लाई स्वदेश फिर्ता  गर्न सफल भएको छ ।

४ महिना अगि वेटर र क्लिनिङ कामको लागि आएका ५ जना दिदी -बहिनीलाई एनसिसि कतारको श्रमिक बिभागद्वारा उद्दार  गरिएको हो । 

Rational Overseas PVT.LTD म्यानपावर बाट कतार आइ, यहाँको  एक नेपाली ( SEVA BEST क्लिनिङ हस्पिटालिटी ) कम्पनीमा अलपत्र परिरहेको भन्ने  सुचना प्राप्त भएको र सोही सूचना अनुसार , एनसीसीको  श्रमिक बिभागले कतारको कानुन अनुसार आवस्यक प्रक्रिया र टिकटको समेत ब्यावस्था गरि नेपाल पठाउन सफल भएको हो । 
 
१५ डिसेम्बरमा तीन जना र आज २ जनवरि २०२४ का दिन दुइगरि जम्मा  ५ जना महिला दिदिबहिनी लाई नेपाल  पठाउन सफल भएको श्रमिक बिभागका उप - संयोजक बिक्की गैरेले जानकारी गराए । 

भीषा अवधि सकिएको,कम्पनी बाट भागेको लगायत केशले गर्दा सोहिदिन एअरपोर्ट बाटनै फर्कनु परेको थियो !  तर आज सबै प्रक्रिया पुरागरि नेपाल फर्काउन सफलभएको एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा  श्रमिक बिभाग प्रमुख कृष्ण पन्थीले जानकारी गराए ।