Navigation
Other Activity

अग्नि पिडितहरुलाई सयोग संकलन शुरु, रिक्त पदहरुमा पदपुर्ति

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय परिषद् कतारले रिक्त पदहरुमा पदपुर्ति गरेकोछ । गत २७ मार्चमा अध्यक्ष मक्सुद आलमको अध्यक्षतामा बसेको संस्थाको बैठकले रिक्त सचिव पदमा सचिवालय सदस्य टेकनाथ बराललाई, सचिवालय सदस्य पदमा कार्यसमिति सदस्य ई. नन्द प्रसाद गर्बुजालाई तथा रिक्त तिन सदस्य पदमा राष्ट्रिय परिषद् सदस्यहरु अशोक कुमार तामाङ, टंकनाथ भट्टराई तथा ठाकुर कुमार दर्जीलाई मनोनयन गरेकोछ । त्यसै गरि रिक्त अनुशाशन तथा अनुगमन समितिको संयोजकमा चुडामणी कार्कीलाई मनोनित गरेकोछ । सोहि बैठकले परराष्ट्र मन्त्रलयको निर्देशन बमोजिम नियोग प्रमुखको संरक्षकत्वमा गठन हुने व्यापार प्रबद्धन समितिको लागि मक्सुद आलम तथा कमलमणी गुरँगाईको नाम सिफारिस गर्ने निर्णय समेत गरेकोछ ।


आशन्न चौथो तथा अन्तिम परिषद् भेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न आवाश्यक कार्य विभाजन तथा योजनाहरु समेत तय गर्न बसेको बैठकले ताप्लेजुङ, सप्तरी लगायत विभिन्न स्थानमा भएका आगालागि पिडित घटनाका पिडितहरुलाई राहात संकलन गर्नको लागि सचिवालय सदस्य छविरमण कटुवालको संयोजकत्वमा प्रेम सिटौला, गोप सुनार, लोक बहादुर तामाङ तथा रामकुमार मण्डल रहेको राहात संकलन समिति गठन गरि सहयोग संकलन शुरु गरेकोछ ।


बैठकले कतारमा मृत्यूदण्ड सजाय तोकिएका स्याङजाका कुशल कार्कीको जिवन रक्षाकोलागि थप पहल गर्न अध्यक्ष मक्सुद आलमलाई जिम्मेबारी दिने लगायत विभिन्न संस्थागत निणर्यहरु समेत गरेकोछ ।