Navigation
Other Activity

चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग

Sep 22, 2023

रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई मध्यपसर्व उपसंयोजक पुर्ण केसीको अग्रसरतामा कतारबाट दुई लाख १२ हजार आर्थिक सहयोग संकलन गरी पठाइएकोछ ।
एनआरएन च्यारेटी फण्ड मार्फत पठाइएको सो रकम केन्द्रको कम्पाउण्ड सहितको सात कोठे भवन निर्माण गर्दा लागेको ऋण तिर्न खर्च गरिने केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रको भवन निर्माण गर्दा २८ लाख ५० हजार रकम खर्च भएको थियो । केन्द्रमा चितवन र मकवानपुरका ७७ जना विपन्न चेपाङ विद्यार्थी आश्रित छन ।