Navigation
Health & Awareness

निशुल्क स्वस्थ्य शिविर सम्पन्न

Sep 22, 2023

कतारमा कार्यरत नेपाली श्रमिकहरुको स्वास्थ्य सेवा लाई ध्यानमा राख्दै ५ डिसेम्बर शुक्रबारका दिन सनैया स्थित ग्राण्ड मलमा एटलास पोलिक्लिनिकसँगको सहकार्यमा निशुल्क स्वासथ्य शिविर आयोजना गरियो । विहान सात बजे देखि शुरु भएको शिविरबाट झण्डै सात सय जना श्रमिकहरु ले निशुल्क स्वस्थ्य सेवा लिएका छन् । हावापानि र मौसम परिर्वतन सगै रुघा खोकी ज्वरो निमोनिया लगायत प्रेसर सुगरका बिरामीहरु लाई स्वस्थ्य सम्बन्धि जाच गर्दै औषधी समेत वितरण गरिएको थियो । शिविरलाई सम्पन्न गर्न स्वास्थ्य तथा जनचेतना समसतका संयोजक मुख्तार अलामको नेत्तृत्वमा एनसीसी सदस्यहरु नन्द गर्वबुजा प्रेम प्रशाद सिटौला नबराज वि.क सम्झना पडासैनी सोया दाहाल चोलाकान्त वि.क बालकृष्ण भित्रिकोटी गोप सुनार लगायत कार्यसमितीका पदाधिकारीहरुकाले विशष जिम्मेबारी निर्वाह गर्नु भएको थियो ।

hospital-2-1695359517.jpg

hospital-1695359517.jpg