Navigation
Other Activity

मेसिन रिडेबल पासर्पोट वितरणमा सहयोग

Sep 22, 2023

दुतावासमा कर्मचारीको सिमितताका कारण पासपोर्ट लिन कतारबासी नेपालीहरुले भोगिरहेको समस्यालाई सहजीकरण गर्नको लागि कतारमा स्थापित संघ संस्थाहरुको सहयोगमा प्रत्येक शुक्रबार ५ देखि ८ जना सम्म स्वयंसेवकहरु मार्फत सहयोग गरिरहेकोछ । नेपाली दुतावासको अनुरोध बमोजिम नेपालीहरुलाई सहयोग गर्न एनआरएनएले स्वयंसेवक उपलब्ध गराउन थाले पछि सेवाग्राहिहरुले राहात महसुस गरेकाछन् । हाल सम्म सिराह सेवा समाज, प्रवासी झापाली सम्पर्क मञ्च कतार, अर्धाखााचि सेवा समाज तथा स्याङजा सहयोग समाजले स्वयंसेवक पठाइसकेका छन् भने आगामी शुक्रबार पाँचथर सेवा समाज कतारले स्वयंसेवकहरु पठाउदैछ । संघ संस्थाका स्वयंसेवकका अलवा एनआरएनए एनसीसी कतारका पदाधिकारीहरु समेत उपस्थित भएर आवाश्यक समन्वय र सहयोग गरिरहेकोछ । यस अघि एनआरएनए एनसीसी कतारले २ पटक पासपोर्ट आवेदन संकलन शिविरआयोजना गरिसकेकोछ भने गत अप्रिल देखी दुतावास परिसरमा परामर्स केनद्र स्थापना गरि दैनिक सयौ नेपालीहरुलाई सेवा प्रदान गरिरहेकोछ ।