Navigation
Safe Migration & Welfare

घाइते तथा बिरामीहरुको अवस्थाको जानकारी तथा सहयोग

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले हमद मेडिकलसँगको समन्वयमा विभिनन दुर्घटनामा परि लामो समय देखि अस्पतामा रहेका घाइते तथा बिरामीहरुको अवस्थाको बारेमा जानकारी लिदै थप उपचार, बिमा तथा नेपाल फिर्तिका लागी आवाश्यक कानुनी तथा प्रक्रियागत सहयोगको लागि पहल गरिरहेकोछ । वितग ४ हप्ता देखि प्रत्येक बिहिबार नियमितरुपमा एनसीसीको टोलीले अस्पतालको भ्रमण गर्ने तथा बिरामीको अवस्था अनुसार आवाश्यक सहयोग गरिरहेकोछ । एनसीसीको यस अभियानबाट थुप्रै पिडित नेपालीहरुले राहात महसुस गर्नुका साथै प्रक्रिया पुरा गरी नेपाल फर्कन समेत थालेका छन् ।
त्यस्तै एनसीसीले क्यापिटल पुलिस, सि आइ डि तथा जेलको समेत भ्रमण गरी नेपालीहरुलार्य आवाश्यक सहयोग गरिरहेकोछ ।