Navigation
Safe Migration & Welfare

सुरक्षित आप्रवासनका सम्बन्धमा अन्तरक्रिया

Sep 22, 2023

१० सेप्टेम्बर २०१४ :  गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद दोहा कतारको आयोजनामा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका गर्भनिङ्ग बढी मेम्बर विन्दा पाण्डे र   संविधान सभा सदस्य जाकिर हुसेनसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । अध्यक्ष  मक्सुद आलमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एनआरएन आइसीसी उपाध्यक्ष टि बि कार्की, संस्थापक उपाध्यक्ष देवकाजी डंगोल, आइसीसी सदस्य अमृत गुरुङ तथा उमेश अधिकारी लगायत कतारमा स्थापित सङ्घ संस्थाका प्रमुखहरु तथा सामाजिक व्यक्तित्वहरुको उल्लेख्य  उपस्थिति रहेको थियो । छलफलमा  नेपालीहरुका स्थानीय समस्याहरू, नियोगको अवस्था र सुधार गरिनु पर्ने कुराहरू, आइएलओ र संसदको भूमिका तथा आसन्न सार्क सम्मेलनको लागि सुरक्षित आप्रवासन सम्बन्धी सम्भावित एजेण्डाका विषयमा छलफल भएको थिए । उठेका सवालहरुलाई आइएलओ गभनिङ बढी मेम्बर विन्दा पाण्डेले सम्बोधन गर्नु भएको थियो ।