Navigation
Global News

NRNAको सातौ यूरोपियन क्षेत्रीय बैठक तथा पाँचौ यूरोपियन क्षेत्रीय महिला सम्मेलनका निर्णयहरु

Sep 25, 2023
http://www.nepalromania.com/?p=2792 Posted on 9 iunie 2014 by NRP No Comment | 22 Views ‘यूरोपमा एनआरएन अभियान, नेपाल र नेपालीको पहिचान’ को नाराका साथ गैरआवासीय नेपाली संघको सातौं यूरोपियन क्षेत्रीय बैठक तथा पाँचौयूरोपियन क्षेत्रीय महिला सम्मेलन यही २०१४ जुन ७ र ८ तारिख स्पेनको वार्सिलोनामा सम्पन्न भयो । पूर्वमन्त्री तथा सभासद डा. प्रकाशशरण महतकोबिशिष्ठ आतिथ्यमा तथा फ्रान्सका लागि नेपाली महामहिम राजदूत मोहनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा स्पेनका लागिनेपाली कन्सुलर लुईस बेल्बिस, गैरआवासीय नेपाली संघका संस्थापक, निवर्तमान तथा वर्तमान अध्यक्षहरु, संरक्षकहरु, सल्लाहकारहरु एवंपदाधिकारीहरु, नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधी, राष्ट्रिय समन्वय परिषदका प्रतिनिधि, नेपाल तथा बिदेश स्थित पत्रकारहरु, स्थानिय संघसंस्थाका प्रतिनिधिहरुसहित २६ मुलकका २ सय जना भन्दा बढी उपस्थिति रहेको थियो । यस बैठकमा उपस्थित सम्पूर्ण प्रतिनिधिहरुबाट व्यक्तबिचारको सम्मान गर्दै बैठकले निम्न निर्णय गर्दछ । १) निर्धारित समयमा नै नेपालको संबिधान निर्माण गरी नयाँ संबिधानमा नेपाली नागरिकताको निरन्तरता लगायत गैरआवासीयनेपाली, महिला, पिछडिएका बर्गका बिषयहरुलाई संबोधन गर्न यो बैठक अनुरोध गर्दछ । २) स्पेनमा नेपालीहरुको संख्या बढ्दै गएको तथा स्पेनबाट बैदेशिक लगानीको संभावना रहेकाले नेपाल सरकारलाई स्पेनमा नेपाली दूतबासको स्थापनागर्न यस बैठक पुन: आग्रह गर्दछ । स्पेनमा बस्ने नेपालीहरुको परिवार पूर्नमिलनका लागि आवेदन दिन दिल्लीस्थित स्पेनिस नियोगमा जानु पर्ने रआवेदनका लागि कागजातको प्रमाणीकरण पनि दिल्लीबाटै गर्नु पर्ने ब्यवस्था भएकोले बिभिन्न समस्याहरु भोग्नु परेको छ । अतः नेपालमा स्पेनकोकुटनितीक नियोग स्थापना गर्न पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ । ३) एमआरपी पासपोर्ट तथा १६ बर्ष पुगेका दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुको राहादानी सहज रुपमा प्राप्त गर्ने वातावरण तयार गर्नयो बैठक नेपाल सरकारलार्ई अनुरोध गर्दछ । ४) युरोपका बिभिन्न देशबाट आधिकारिक कागज बिना नेपाली भाषा बोलेकै आधारमा सुपुर्दगी गरेकाहरुलाई नेपाली अध्यागमन बिभागले स्वीकार गर्नेक्रम घट्दो भएपनि यसलाई अझ बढि प्रभावकारी बनाउन नेपाल सरकारलाई अनुरोध गर्दछ । साथै नेपाली भाषाका कागजातको प्रमाणिकरणकालागि देखिएका समस्या समाधानका लागि समेत सरकारलाई ध्यानाकर्षण गराउँदछ । ५) ‘अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकाश समिति’ को आग्रह बमोजिम गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदले शंखमुल घाट परिसरको ३२ रोपनी जमिनमा उध्धान एबं संरचना निर्माण गर्ने निर्णयको स्वागत गर्दै यो परियोजनाका लागि सहयोग गर्न यो बैठक प्रतिबद्धता जाहेर गर्दछ। ६) गैरआवासीय नेपाली संघको आफ्नै भवन काठमाडौंमा निर्माण, बैदेशिक रोजगारमा रहेकाहरुको सहयोगार्थ अक्षय कोषको स्थापना, स्कील डेटाबेस,सीप एबं प्रविधी हस्तान्तरण लगायतका अन्तराष्ट्रिय समन्वय परिषदले अगाडि सारेका परियोजनाहरु यूरोप क्षेत्रबाट पूर्णरुपमा सहयोग रहने यस बैठकप्रतिबद्धता जाहेर गर्दछ ७) ‘एक एनसीसी एक परियोजना’ अन्तर्गत नेपालमा बिभिन्न परियोजनाहरु संचालन गरिसकेका डेनमार्क, फ्रान्स, जर्मनी, नर्वे,स्वीडेन र युके, लगायतका राष्ट्रिय समन्वय परिषदहरुलाई धन्यवाद दिँदै अन्य राष्ट्रिय समन्वय परिषदहरुलाई पनि आफ्नापरियोजनाहरु सिघ्र संचालन गर्नका लागि आग्रह गर्दछ । साथै लक्ष्मी प्रतिष्ठानको सक्रियतामा चितवन जिल्लाको लोथर गाविसमाबसोबास गर्दै आएका चेपाङ समुदायको ‘सुरुडदेखि रिसोर्ट सम्म’ अभियानमा सहयोग स्वरुप घरहरु निर्माण गर्ने घोषणा गर्दछ । ८) यूरोपको बिभिन्न देशमा बसोबास गर्दै आएका नेपाली महिला र बिदेशी नागरीकबाट जन्मेका बच्चाहरुले आमाको नेपाली नागरीकताको आधारमा नेपाली नागरीकता प्रमाणपत्र प्राप्ति सहज बनाउन नेपाल सरकारलाई अनुरोध गर्दछ। साथै नेपालमा हुने गरेका महिला हिंसाका घटना प्रति चिन्ता ब्यक्त गर्दै महिला हिंसाका दोषीहरुलाई दण्डको मापदण्ड तोक्न नेपाल सरकारसँग माग गर्दछ । ९) बैदेशिक रोजगारका क्रममा शोषणको शिकार भई बिभिन्न खाडी मुलुकबाट नेपाल फर्कन बाध्य महिलाहरुका लागि एनआरएनएमहिला फोरमको सक्रियतामा आपतकालीन राहत कोष स्थापना गर्ने घोषणा गर्दछ । १०) ‘गैरआवासीय नेपाली सम्बन्धि बिधेयक २०६४’ पछि नेपालमा लगानीको बाताबरण सहज भएकोले जलबिद्युत लगायतका क्षेत्रमा सामुहिकलगानीको सुरुवात भएको अबस्थालाई मनन गर्दै नेपालले अपेक्षा गरे अनुरुपको लगानी बृद्धि गर्नका लागि नेपालको निजी क्षेत्र र गैरआवासीय नेपालीबीचको साझेदारी, सानो तथा मध्यम स्तरको आय आर्जन भएका गैरआवासीय नेपालीहरुको सहभागीता गराउन र यूवा उद्यमशिलता प्रवर्धन र बिकासमाअग्रसर रहन अन्तराष्ट्रिय समन्वय परिषदलाई अनुरोध गर्दछ । ११) गैरआवासीय नेपाली संघ नेपालमा बिधिबत रुपमा दर्ता भईसकेको अवस्थामा राष्ट्रिय समन्बय परिषदका सम्पूर्ण कृयाकलापहरुबिधिसम्मत रहनु पर्ने तथा राष्ट्रिय समन्वय परिषदका विधानहरुमा अन्तराष्ट्रिय समन्बय परिषदको विधानसंग एकरुपता आउनु पर्नेलगायतका बिषयहरुमा प्रतिबद्धता जाहेर गर्दछ । १२) सातौं युरोपियन बैठकबाट बचत हुने रकमलाई गैरआवासीय नेपाली संघले निर्माण गर्ने शंखमुल उध्धान, राष्ट्रिय समन्बय परिषद स्पेनको परोपकारी परियोजना र गैरआवासीय नेपाली संघको आफ्नै भवन निर्माणका लागि रकम हस्तान्तरण गर्ने निर्णय गर्दछ। १३) सातौं युरोपियन बैठक सम्पन्न गर्न सहयोग गर्ने आतिथ्य राष्ट्रिय समन्वय परिषद स्पेन लगायत अन्य राष्ट्रिय समन्वय परिषदहरु,स्थानीय स्वयंसेवक, प्रायोजक, कलाकार, रक्तदान कार्यक्रममा सहभागी रक्तदाता, संचारकर्मी, स्थानिय संघसंस्थाहरु लगायत सवै पक्षलाई यो बैठक धन्यबाद ब्यक्त गर्दछ । तथा युरोपका नेपाल पत्रकार महासँघको यूरोप र युके शाखाहरु तथा अन्य संघसंस्थाहरुसँगसमन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ । १४) आगामी यूरोपियन क्षेत्रीय बैठकको आतिथ्यता गर्नको लागि राष्ट्रिय समन्वय परिषद बेल्जियम, फिनल्याण्ड, जर्मनी र डेनमार्कले इच्छा जाहेरगरेकोमा सबै राष्ट्रिय समन्वय परिषदहरुलाई धन्यवाद दिँदै आठौं यूरोपीयन क्षेत्रीय बैठक सन् २०१५ मा डेनमार्कको कोपनहेगनमा आयोजना गर्ने निर्णय गर्दछ । धन्यवाद, आइतवार ८ जुन २०१४ नेपालब्रिटेन डट् कम्