Navigation
Global News

एनआरएन बेल्जियमद्वारा परोपकारी कोषको लागी साँस्कृतिक कार्यक्रम भब्य सम्पन्न

Sep 25, 2023
०५ जनवरी,बेल्जियम । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको परोपकारी सहायता कोषको सहयोगार्थ स्वरूप आयोजना गरिएको नया बर्ष सास्कृतिक साँझ ०४ जनवरी का दिन बेल्जियमको आन्त्रोपेन शहरमा ऐतिहासिक रुपमा भब्य सम्पन्न भएको छ । गैर आवासेया नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्ष शेष घले ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय प्रमुख संरक्षक राम प्रताप थापा, केन्द्रीय महासचिव कुमार पन्त, यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, महिला संयोजीका सपीला राज भण्डारी यूरोप सह(संयोजक सोम सापकोटा, महिला उप(संयोजीका रजनी प्रधान, बेलायतका निवर्तमान अध्यक्ष कुल आचार्य, जर्मनीका दील गुरुङ, स्वीजरल्याण्ड बिनय श्रेष्ठ, प्रितम गुरुङ, नेदरल्याण्ड बाट अध्यक्ष कृष्ण राज अधिकारी साथै नारायण आचार्य लागाएताको उपस्थिति रहेको थियो भने एन आर एन का सस्थापक डा उपेन्द्र महत्व, निबर्तमान अध्यक्ष जीवा लामिछाने ले शुभकामना संदेश पठाउनु भएको थियो । उक्त शुभकामना संदेश कार्यक्रम संचालकले पढेर सुनाउनु भएको थियो । गैर आवासीय नेपाली हरुले बिदेशमा भोग्नु परेका यावत समस्या हरुलाई समाधानका लागी नेपाल सरकार संग भएका बिभिन्न समस्याहरु र समाधानका लागी भएका पहलाहरुको जानकारीका साथै बेल्जियमले शुरु गरेको परोपकारी कोष केन्द्रीय रुपमा पनि संचालन भएको जानकारी दिदै प्रमुख अतिथि शेष घलेले बेल्जियम एन आर एन ले गरेको कार्यको खुलेर प्रसंशा गर्नु भयो । त्यसै गरी प्रमुख संरक्षक राम प्रताप थापाले नेपाली हरुलाई भैपरी आउने आपत बिपतमा प्रत्यक्ष राहत पुर्र्याउने बिश्वाश व्यक्त गर्नु भयो । त्यसै गरी केन्द्रीय महासचिव कुमार पन्तले एन आर एन बेल्जियम ले गरेको पुनित कार्यको सराहना गर्दै त्यसकालागी आफू सदैव अग्रसर रहने बताउनु भयो । त्यस्तै यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठले यस राहत कोषका परिकल्पनाकार एन आर एन बेल्जियम अध्यक्ष प्रेम गुरुङ लाई बिषेश धन्यवाद दिदै यस कार्यमा आफ्नो प्रत्यक्ष सहयोग एवं संलग्नता रहने प्रतिबध्ता व्यक्त गर्नु भयो । करीव सात सयको संख्यामा उपस्थिति रहेको उक्त कार्यक्रममा बेलायतका कुल आचार्य, स्वीजरल्याण्डका डा बिनय श्रेष्ठ, नेदरल्याण्ड बाट कृष्ण राज अधिकारी, एन आर एन बेल्जियमका आई सी सी सदस्य शिव कुमार बरुवाल, निवर्तमान अध्यक्ष जानकी गुरुङले शुभकामना मन्तव्य राखेका थिए । एन आर एन बेल्जियमका प्रेम गुरुङ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष गोपाल सिम्खडाले स्वागत गरेका थिए भने कार्यक्रम संचालन सस्थाका महासचिव माधव सापकोटाले गरेका थिए। दोश्रो चरणको साकृतिक कार्यक्रम अन्तर्गत नेपाल बाट आएका ख्याती प्राप्त दोहोरी गायक पशुपति शर्मा, रीता थापा तथा हास्यकलाकार मनोज गजुरेल द्वारा बिषेश दोहोरी तथा हास्यव्यङ् प्रस्तुत गरिएको थियो । राष्ट्रिय गान बाट शुरुवात भएको सास्कृतिक कार्यक्रम अतिनै रोमान्चक देखिन्थ्यो भने उपस्थित सबै दर्शक हरुले दोहोरी गीतबाट भरपूर मनोरंजन लिएका थिए । परोपकारी राहत कोष सहयोगार्थ आयोजीत कार्यक्रममा उपस्थित महानुभावहरुले परोपकारी कार्यको खुलेर प्रसंशा गर्दै स्वच्छिक रुपमा रकम सहयोग गरेका थिए । उक्त कार्यक्रममा करीव ३०,०००९तीस हजार० यूरो संकलन भएको छ । स्मरण रहोस कार्यक्रमको पूर्वार्धमा महिला ससक्तिकरणका लागी एक दिने कार्यशाला गोष्ठी गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका महिला संयोजक सपीला राजभन्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । - See more at: http://www.nepaleurope.com/?p=1133#.Uss82zwb9b4.facebook