Navigation
Global News

मुख बजाएर भाषण ठोक्नेहरू एनआरएनमा काम छैन : डा. महतो

Sep 25, 2023
मुख बजाएर भाषण ठोक्नेहरू एनआरएनमा काम छैन डा. उपेन्द्र महतो संस्थापक अध्यक्ष, एनआरएन कस्तो सपना देखेर एनआरएनको स्थापना गर्नुभएको हो ? दिनदिनै नेपाल छाडेर विभिन्न कारणले विदेश जाने नेपालीहरु बढिरहेको अवस्थामा विदेशमा बस्ने नेपालीहरु सबै अटाउन सक्ने साझा संस्थाको आवश्यकता खट्किइरहेको थियो । जुन संस्थाले प्रवासी नेपालीका समस्यामा पनि सम्बोधन गर्न सकोस् र साथसाथै समृद्ध नेपाल बनाउन भूमिका पनि खेल्न सकोस् भन्ने हेतुले जन्मिएको संस्था हो एनआरएन । आजभोलि एनआरएनभित्र पनि नेपाली राजनीतिक दलहरुको प्रभाव बढ्दै गयो भनिन्छ नि ? राजनीति नराम्रो कुरो होइन । दलीय राजनीति यो संस्थाभित्र हुनुहुँदैन । एनआरएनको प्रत्येक निर्वाचनमा अलिअलि चलखेल हुने गरेको कुरा हामीले पनि महसुस गरेकै छौं, तर निर्वाचनपछि त्यस्ता चलखेल निष्क्रिय हुने गरेका छन् । नेपालीका लागि नेपालीको संस्था भएकाले र नेपाल बनाउने पनि नेपालीले नै हो । जुनसुकै राजनीतिक उद्देश्य लिए पनि गैरआवासीय नेपालीहरुको अभियानलाई अगाडि बढाउने र देशको समृद्धिका लागि हरेक नेपाली एक हुने न हो । एनआरएनमा कस्ता व्यक्तिहरुको नेतृत्व हुनुपर्छ जस्तो लाग्छ ? यो संस्था अरुलाई दिने संस्था हो । यो लिने संस्था होइन । यो संस्थामा आत्मसम्मान मात्र पाइन्छ अरु केही पाइन्न । त्यसैले पहिला आफू बलियो बन्नुस् । बलियोले मात्र कमजोरलाई मद्दत गर्न सक्छ, नत्र कमजोरले अरुलाई सहयोग गर्न खोज्दा आफू पनि लडिन्छ र अर्कोलाई पनि लडाउँछ । त्यसैले एनआरएनमा नेतृत्व गर्ने हो भने पहिला आफू आर्थिक र बौद्धिकरुपमा मजबुत हुनुहोस् । यति मात्र होइन सामाजिकरुपमा पनि स्वच्छ हुनुहोस् अनि नेतृत्वमा आउनुस् । धनीले मात्र एनआरएनमा नेतृत्व लिने त ? अवश्य पनि, मुख बजाएर भाषण गर्न मात्र एनआरएन काम छैन । मैले अघि नै भने यो नेपाल र नेपालीको समृद्धिको लागि दिने संस्था भएको हुँदा पहिला विदेशमा बसेर दुईचार पैसा कमाउने, सीप, ज्ञान हासिल गर्ने अनि मात्र नेतृत्व लिने हो । भाषण गर्न मात्र आउने संस्था यो होइन ।