Navigation
Global News

बहराइनमा एनआरएनको क्षेत्रीय बैठक हुने

Sep 25, 2023
गैरअवासीय नेपाली संघको चौथो मध्यपूर्व क्षेत्रीय बैठक बहराइनमा हुने गैरअवासीय नेपाली संघको चौथो मध्यपूर्व क्षेत्रीय बैठक आगामी ९ र १० मेमा बहराइनमा आयोजना हुने भएकोछ । बैठकलाई सफलतापुर्वक सम्पन्न गर्नको लागि एनआरएनए आइसीसी मध्यपुर्व क्षेत्रीय संयोजक चन्द्र रोकाहाको संयोजकत्वमा ३१ सदस्यीय आयोजक समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएकोछ । बैठकलाई सम्बोधन गर्न परराष्ट्र मन्त्री, श्रम राज्य मन्त्री आउने तयारी भइरहेको छ भने खाडीस्थित नेपाली राजदूतावास प्रमुखहरु, एनआरएनएका पदाधिकारीहरू सहित खाडी क्षेत्रका एनआरएन तथा संचारकर्मीहरुको व्यापक सहभागिता रहनेछ । एनआरएनए एनसीसी बहराइनको आतिथ्यतामा आयोजना हुने सो बैठकमा वैदेशिक रोजगारीको सिलसिलामा खाडी क्षेत्रमा कार्यरत नेपाली कामदारकाहरुको सुरक्षित तथा व्यवस्थित आप्रवासन, वैदेशिक रोजगारीले विकास गरेको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन प्रवद्धन, राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक रोजगारीको योगदान, सामूहिक लगानी तथा ती सवालहरुमा नेपाली नियोग र एनआरएनएको भूमिका लगाएतका विषयहरूमा छलफल हुनेछ । गैरआवासीय नेपाली संघको संरचना अन्र्तगत रहेका ६ वटा अन्र्तराष्ट्रिय क्षेत्रहरू मध्ये सबै भन्दा धेरै संख्यामा एनआरएनहरु रहेको यस क्षेत्रमा करिब २० लाख एनआरएनहरु श्रम गरिरहेकाछन् । राष्ट्रिय अर्थतन्त्रको ठुलो हिस्सा धानिरहहेको यो क्षेत्र सम्भावना र जटिलताका हिसाबले समेत अन्य ५ क्षेत्र भन्दा पृथक् भएकोले पनि आशन्न क्षेत्रीय बैठक प्रति सबै क्षेत्रको विशेष चासो रहनेछ । "सुरक्षित, मर्यादीत वैदेशिक रोजगार, सम्बृद्ध नेपालको आधार" नारा तय गरिएको बैठकले खाडीमा सिकेको सीप, ज्ञान, अनुभव र सम्पत्तिलाई स्वदेशमा उत्पादन मूलक क्षेत्रमा प्रयोग गर्न सकिने विषयमा समेत छलफल गरी अन्यमा घोषणा पत्र जारी गरी सम्पन्न गर्नेछ । एनआरएनहरुको परिभाषा परिवर्तन गरेर विधिवतरुपमा संघ दर्ता भए पश्चात् यस क्षेत्रमा पहिलो पटक आयोजना हुन लागेको यो बैठकले मध्यपुर्व क्षेत्रमा संघको प्रभावलाई विस्तार गर्ने विश्वास लिइएकोछ । यस अघि युएईमा आयोजना गरिएको तेस्रो बैठकले जारी गरेका घोषणापत्रले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जोड दिएको थियो ।