Navigation
Photo Gallery

हार्दिक धन्यवाद तथा कृतज्ञता

Sep 05, 2026

 हार्दिक धन्यवाद तथा कृतज्ञता

नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारहरूको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले सञ्चालन गरिरहेको राहत संकलन अभियानमा गैरआवासीय नेपाली संघका विभिन्न तहमा रहनुभएका आदरणीय व्यक्तित्वहरूले गर्नुभएको आर्थिक सहयोगप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

उहाँहरूले प्रदान गर्नुभएको सहयोग विवरण निम्नानुसार रहेको छ:

  • आईसीसी सल्लाहकार श्री सागर नेपाल ज्यू — रु. २५,०००
  • आईसीसी सल्लाहकार श्री महेन्द्र चौलागाईं ज्यू — रु. २५,०००
  • आईसीसी सचिव श्री पदम गिरी ज्यू — रु. २५,०००
  • आईसीसी सचिव श्री रमेश भट्ट ज्यू — रु. २५,०००
  • आईसीसी सह–कोषाध्यक्ष श्री क्रान्ति सिंह ज्यू — रु. २५,०००
  • आईसीसी मध्यपूर्व सह–संयोजक श्री तेज कटुवाल ज्यू — रु. २५,०००
  • आईसीसी सदस्य श्री पूर्ण पोखरिया ज्यू — रु. २५,०००
  • आईसीसी सदस्य श्री मिनराज वाग्ले ज्यू — रु. २५,०००
  • आईसीसी सदस्य श्री झविन्द्र बेल्वासे ज्यू — रु. २५,०००
  • आईसीसी सदस्य श्री गोपाल डाँगी ज्यू — रु. २५,०००
  • आईसीसी सदस्य श्री राजु डुम्रे ज्यू — रु. २५,०००
  • आईसीसी सदस्य श्री तुलसी राम पाण्डे  — रु. २५,०००
  • एनआरएनए एनसीसी कतार अध्यक्ष श्री कृष्ण पन्थी ज्यू — रु. १,५१,५५५
  • एनआरएनए एनसीसी कतार सल्लाहकार सुश्री यास्मिन नाज ज्यू — रु. ५०,०००

कुल सहयोग रकम: रु. ४,७६,५५५/-

यस विपद्को कठिन घडीमा पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यहाँहरूले गर्नुभएको यो महत्वपूर्ण मानवीय सहयोगप्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार परिवार हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गर्दछ।

यहाँहरूको सहयोग र सद्भावले विपत्तिमा परेका परिवारहरूलाई राहत प्रदान गर्न थप ऊर्जा, उत्साह र प्रेरणा मिलेको छ।

मानवीय सेवामा यहाँहरूले देखाउनुभएको एकता, सहकार्य र सहयोगप्रति हार्दिक आभार।

हार्दिक धन्यवाद तथा आभार ! 🙏

कृष्ण पन्थी
अध्यक्ष
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, कतार