Navigation
Photo Gallery

हार्दिक बधाई तथा शुभकामना

Aug 15, 2026

हार्दिक बधाई तथा शुभकामना 🇳🇵🏐

Workers Support and Insurance Fund को आयोजनामा जारी सामुदायिक महिला भलिबल प्रतियोगितामा प्रारम्भिक चरणदेखि विभिन्न चरणहरू पार गर्दै १३ देशका १६ वटा टिमसँग प्रतिस्पर्धा गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

हिजो सम्पन्न क्वाटरफाइनल खेलमा फिलिपिन्स ‘C’ टिमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल सम्पूर्ण खेलाडी दिदीबहिनीहरू, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी खेलका लागि उत्कृष्ट प्रदर्शन तथा सफलताको शुभकामना व्यक्त गर्दछौँ।

नेपाली महिला भलिबल टिमको यो उत्कृष्ट प्रदर्शनले सम्पूर्ण नेपाली समुदायलाई गौरवान्वित बनाएको छ। आफ्नो नियमित ड्युटी तथा व्यस्तताका बाबजुद समय निकाल्दै नेपाल र नेपाली समुदायको शिर उच्च बनाउने उद्देश्यका साथ अहोरात्र मेहनत गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै यो स्थान हासिल गर्न सफल सम्पूर्ण खेलाडी दिदीबहिनीहरू प्रति उच्च सम्मान व्यक्त गर्दछौँ।

यस प्रतियोगिताको यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक तथा नैतिक सहयोग, हौसला र समर्थन प्रदान गर्नुहुने सम्पूर्ण खेलप्रेमी, सहयोगी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा नमन व्यक्त गर्दछौँ।अब शुक्रबार हुने महत्त्वपूर्ण सेमिफाइनल तथा फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला भलिबल टिम विजयी बन्न सफल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

साथै, निर्णायक खेलमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू उपस्थित भई नेपाली महिला भलिबल टिमको हौसला, मनोबल र आत्मविश्वास बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

आउनुहोस्, नेपाली टिमलाई साथ दिऔँ, हौसला बढाऔँ र जितको उत्सव मनाऔँ! 🇳🇵🏐

राजन चापागाईं
संयोजक, खेलकुद विभाग
एनआरएनए एनसीसी, कतार