🌹🌹हार्दिक आभार तथा धन्यवाद🌹🌹
विश्व रक्तदाता दिवस २०२६ को अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद ,कतार एवं नेपाली रक्तदाता संघ कतारको संयुक्त आयोजनामा मिति १२ जुन २०२६, शुक्रबारका दिन हमाद अस्पतालको ब्लड डोनेशन सेन्टरमा सम्पन्न बृहत् रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
उक्त कार्यक्रममा विशेष उपस्थितिका लागि नेपाली राजदूतावास, कतारका कार्यवाहक राजदूत श्री कुमार राईज्यू तथा सम्पूर्ण दूतावास परिवारप्रति विशेष आभार व्यक्त गर्दछौं।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहभागिता जनाउनुहुने आईसीसी पदाधिकारीज्यूहरू, आईसीसी सदस्यज्यूहरू, कतारस्थित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियन्ता, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण उपस्थित महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
विशेष रूपमा आफ्नो अमूल्य समय निकालेर रक्तदान गरी मानव सेवाको महान कार्यमा योगदान पुर्याउनुहुने सम्पूर्ण रक्तदाता तथा दानवीरहरू प्रति उच्च सम्मान सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। तपाईंहरूको योगदानले जीवन बचाउने अभियानलाई थप सशक्त बनाएको छ।
भविष्यमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूमा यहाँहरूको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा राख्दछौं।
धन्यवाद।
कृष्ण पन्थी
अध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार ।