Navigation
Photo Gallery

गैरआवासिय नेपाली संघको आयोजनामा वृहत् ईफतार कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

Mar 26, 2024

हार्दिक धन्यवाद सहित आभार !

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अबसरमा आयोजित शुभकामना आदान प्रदान तथा बृहत इफ्तार कार्यक्रम २०२४ नेपाल पेभिलियन, दोहा एक्स्पो, अल बिदा पार्क मा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षता तथा नेपाली राजदूतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम मा कार्यक्रमको शुभारम्भ गर्दै धर्म गुरु हजरत मौलाना कारी कलिमुल्लाह नदवी ज्युले कुरान तिलावत पढेर वाचन गर्नु भएको थियो । त्यस्तै धर्मगुरु मौलाना गुलाब नबी रिज्वीले (नात ए कलाम) ईस्लाम धर्म र रोजाको बारेमा बताउनु भएको थियो ।

पवित्र महिना रमदानको विशेषता, रमजान महिनाको रोजा उपवास र व्रतको बारेमा मोहम्मद रमजान अलि मियाँले प्रष्ट पार्नु भएको थियो।

प्रमुख अतिथी नरेश बिक्रम ढकालले एनसिसी कतारले आयोजना गरेको बृहत ईफतार कार्यक्रमले हामी नेपालीहरुको पारिवारिक माहोल भाईचारा माया प्रेम र सद्भाव सदैब बढ्ने बताए । जुन कुनै धर्म संस्कृति सबैको एउटै लक्ष्य मानसिक, शारीरिक, शान्ति समाज र मानव कल्याण रहेको उनले बताए । रमदान पर्वमा एक महिना सम्म रोजा व्रत बसेर आफ्नो र सन्सारमा रहेका हरेक मानव जातिको भलो चिताउने यो मानव कल्याणमा पुर्णता र सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

हामी नेपाली हाम्रो देश नेपाल भौगोलिक जातीय एवंम धार्मिक रुपमा विविधता भएपनि सबै जातजाती धर्म संस्कृति मिलेर बसेको सांझा फुलवारी बताउदै एनसिसी कतारले सबै धर्म जाती र क्षेत्रका चाडपर्वहरुलाई अपनत्व गर्दै विगत देखि नै विभिन्न कार्यक्रम गर्दै आईरहेको र यस्ता कार्यक्रमले हामी बिचको सद्भाव भाईचारा बढने छ । कार्यक्रमका लागी सहज बाताबरण एक्स्पोले दिएको स्थानलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि नेपाली राजदूताबास कतारका महामहिम राजदुत डा नरेश बिक्रम ढकाल ज्यू, नेपाली राजदूताबास कतारका प्रथम सचिव कृष्ण कुमार सुबेदी ज्यू , आईसीसी पदाधिकारी ज्यूहरु, पुर्व पदाधिकारी ज्युहरु, आईसीसी संस्थापक सदस्य ज्यू, आईसीसी सल्लाहकार ज्यूहरु, पुर्व सल्लाहकार ज्युहरु, आईसीसी मध्यपूर्वका पदाधिकारी ज्यूहरु, पुर्व पदाधिकारी ज्युहरु, आईसीसी सदस्य ज्यूहरु, एनसीसी पूर्व अध्यक्ष ज्यूहरु, निबर्तमान आईसीसी मानार्थ परिषद सदस्य ज्यूहरु, निबर्तमान आईसीसी सदस्य ज्यूहरु, एनसीसी प्रमुख सल्लाहकार ज्यू, र सल्लाहकार ज्यूहरु तथा एनआरएनए अभियन्ता ज्युहरु, कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, सामाजिक अभियान्ता ज्यूहरु, कलाकार ज्यूहरु, खेलाडी ज्यूहरु, पत्रकार ज्यूहरु, साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु साथै कार्यक्रम मा उपस्थित भएर बिशेस भनाइ राख्नु हुने मौलाना ज्यू हरु प्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछौ।

साथै कार्यक्रम गर्न स्थान उपलब्ध गराई सहज बाताबरण बनाइ दिनु हुने Secretary General of Doha Expo and Director of Public Relations Department of Ministry of Municipality Dr. Faiqa Ashkanani र Faisal Al Hudawi Community Reach Out Office Coordinator Ministry of Interior प्रति बिसेष आभार ब्यक्त गर्दछौ।

रमेश भट्ट

अध्यक्ष

तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।