Navigation
Photo Gallery

२५७०औँ गौतम बुद्ध जयन्ती कार्यक्रम-२०२६ सम्पन्न

May 02, 2026

हार्दिक आभार
ॐ शान्तिः
बुद्धं शरणं गच्छामि।

वैशाख शुक्ल पूर्णिमाका पावन अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा भगवान् सिद्धार्थ गौतम बुद्धको २५७०औँ जन्म जयन्तीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। उहाँले देखाउनु भएको शान्ति, करुणा र सह–अस्तित्वको मार्गले विश्वभर सद्भाव र शान्ति स्थापना होस् भन्ने कामना गर्दछौँ।यसै अवसरमा नेपाली राजदूतावास, कतारको आयोजना तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद  कतारको सह–आयोजनामा दूतावासको सभाहलमा बुद्ध जयन्ति कार्यक्रम २०२६ भव्यताका साथ सफलता पूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने आयोजक नेपाली राजदूतावास परिवार, बुद्दिजिबी,समाजसेवी,पत्रकार,खेलाडी,कलाकार, दोहामा स्थापित बिभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु एवंम् उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ।

धन्यवाद।

कृष्ण पन्थी 
अध्यक्ष 
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद , कतार ।