Navigation
Photo Gallery

हार्दिक धन्यवाद सहित आभार !

Mar 23, 2024

हार्दिक धन्यवाद सहित आभार !

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार जीवछ यादव वार्षिक बिदामा जन्मभूमि जानुभएको समयमा सडक दुर्घटनामा परेर असमायिक निधन भएको दु:खद घडीमा र वहाँको सम्झनामा गत बिहिवार साँझ सनैयामा अवस्थित लाली गुराँस रेष्टुरेन्टको सभाहलमा शोक सभा साथै स्वर्गीय यादवलाई श्रद्धासुमन अर्पण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उपस्थित आदरणीय आईसीसी पदाधिकारी ज्यूहरु, पुर्व पदाधिकारी ज्युहरु, आईसीसी संस्थापक सदस्य ज्यू, आईसीसी सल्लाहकार ज्यूहरु, पुर्व सल्लाहकार ज्युहरु, आईसीसी मध्यपूर्वका पदाधिकारी ज्यूहरु, पुर्व पदाधिकारी ज्युहरु, आईसीसी सदस्य ज्यूहरु, एनसीसी पूर्व अध्यक्ष ज्यूहरु, निबर्तमान आईसीसी मानार्थ परिषद सदस्य ज्यूहरु, निबर्तमान आईसीसी सदस्य ज्यूहरु, एनसीसी प्रमुख सल्लाहकार ज्यू, र सल्लाहकार ज्यूहरु तथा एनआरएनए अभियन्ता ज्युहरु, कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, सामाजिक अभियान्ता ज्यूहरु, कलाकार ज्यूहरु, खेलाडी ज्यूहरु, पत्रकार ज्यूहरु, साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछौ।

स्वर्गीय यादवको निधनप्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार गहिरो दुःख व्यक्त गर्दै दुःखको यस घडीमा मृत आत्माको चीरशान्तिको कामना तथा परिवार र आफन्तजन प्रति गहिरो समवेदना गर्दछौ।

रमेश भट्ट

अध्यक्ष

तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।