हार्दिक बधाई तथा आभार
एक्स्पो कतार २०२३ समापन हुने समय पारेर नेपाली राजदूतावास दोहा कतारको आयोजना एवं गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाल व्यवसायी संघ कतारको सहकार्यमा ८ मार्च २०२४ (शुक्रबार) नेपाल दिवस समारोह सम्पन्न भएको छ। हरित मरुभूमि र सुन्दर वातावरणको लक्ष्य राखी वागवानी उत्पादनहरूको लागि विश्वमै पहिलो पटक कतार सरकारले शुरु गरेको दोहा एक्स्पो २०२३ मा नेपालका तर्फबाट भव्यताका साथ समारोह सम्पन्न गरिएको हो ।
झण्डै पाँचसय अतिथिको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा कतारस्थित विभिन्न देशका राजदूतहरू, एक्स्पोमा पेभिलियन संचालन गर्ने अधिकांश मुलुकका कमिश्नर जनरलहरूको विशिष्ट सहभागिता रहेको थियो । उक्त समारोहको उद्घाटन गर्दै दोहा एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको सन्दर्भमा प्रकाश पार्दै कतारको लागि नेपाली राजदूत महामहिम डा. नरेशविक्रम ढकालले नेपालको भौगोलिकता, प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै उक्त अवसरका लागि यो समारोह महत्वपूर्ण हुने भनाइ राख्नुभएको थियो ।
नेपाली सांस्कृतिक कार्यक्रम, नृत्य, झांकीहरू प्रस्तुत गर्दै परेड समेत गरिएको यस समारोहबाट विश्वकै धनी मुलुक र रोजगारी लगायतको संभावनाको खानी रहेको कतारमा नेपाल र नेपाली चिनाउन र नेपालको विकासमा कतार सरकारलाई साझेदार गराउन अहम् भूमिका निर्वाह गरेको छ। गत ०२ अक्टोबरमा कतारका अमिरले विशेष समारोहबिच समुद्घाटन गर्नुभएको यस वागवानी सम्बन्धी दोहा एक्स्पो २०२३ मा विश्वका ८० मुलुक र सय भन्दा बढी व्यवसायिक संस्थाहरू सहभागी छन् भने गैरआवासीय नेपाली संघ कतार, नेपाली व्यवसायी संघ कतार र नेपाल निर्यात व्यवसायी महासंघको सहयोगमा नेपाली राजदूतावास सहभागी भएको हो ।
अन्त्यमा, कार्यक्रममा आतिथ्यता ग्रहण गरिदिनुहुने एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल साद ज्यू कतारको लागि महामहिम राजदुत डा.नरेश विक्रम ढकाल ज्यू , सहभागी विभिन्न देशका राजदूतहरू, एक्स्पोमा पेभिलियन संचालन गर्ने अधिकांश मुलुकका कमिश्नर जनरलहरु, एनआरएनए आइसीसी का पदाधिकारी ज्यूहरु, पूर्व पधाधिकारी ज्यूहरु, आइसीसी सदस्य ज्युहरु, एनसीसी कतारका सल्लाहकार तथा सल्लाहकार ज्यूहरु, विभिन्न सघसस्थाका अध्य्क्ष तथा प्रतिनिधि ज्यूहरु, समाजसेवी, बुद्दिजिवि, व्यवसायी, कलाकार, पत्रकार एवं उपस्थित सम्पुर्णमा आगामि दिनमा यस्तै साथ सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
रमेश भट्ट
अध्यक्ष
तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।
 
 
                         
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                 
                