Navigation
Photo Gallery

गैरआवासीय नेपाली तारा–२०२३ (चौथो संस्करण) ट्युनिसियन स्कुल अल लक्तामा शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । ५ जना प्रतीस्पर्धीलाई पछि पार्दे गैरआवासीय नेपाली तारा–२०२३ (चौथो संस्करण)को उपाधी जित्न सफल रुस्तम तामाङलाई हार्दिक बधाई ज्ञापन गर्दछौ । साथै नृत्य बिधाको उपाधी जित्न सफल निरु श्रेष्ठ तथा गायन विधाको उपबिजेता भएका सुजन गुरुङ् र नृत्य विधाका उपविजेता सरोज लामालाई पनि हार्दिक बधाई ज्ञापन गर्दछौ । उत्कृस्ट ५ मा पुग्न सफल तथा सहभागी सम्पूर्ण प्रस्तिपर्धिहरुलाई हार्दिक धन्यवाद।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहभागिता जनाउने प्रतियोगी कलाकार, सहयोगी तथा कतारमा स्थापीत सम्पुर्ण संघ–संस्था र कतारवासी नेपाली दाजुभाई तथा दिदिवहिनिहरुमा हार्दिक आभार ।

कार्यक्रमलाई निरन्तर अभिवाकत्व प्रदान गर्ने नेपाली राजदुतावास र दोस्रो अडिसन तथा ग्रान्ड फिनालेको लागि कार्यक्रम हल उपलब्ध गराउने परोपकारी संस्था कतारी च्यारीटिलाई विशेष आभार व्यक्त गर्दछौ ।

यो प्रतियोगिताको मुख्य उदेश्य भनेको प्रवासमा रहेर आफनो कला र संस्कृतीको जगेर्ना गर्न निरन्तर प्रयासरत गायन तथा नृत्य क्षेत्रका प्र्रतिभााको खोजी गरि उनीहरुलाई हौसला प्रदान गर्ने हो । प्रतिभाको सहभागिताको सहजताको लागि पहिलो पटक डिजिटिल अडिसन मार्फत प्रतिभा छनौट गरिएको थियो । प्रतियोगितालाई थप निस्षक्ष र विश्वासिलो बनाउन भोटिङलाई ५० प्रतिशत र निर्णयकले प्रदान गर्ने नम्बरलाई ५० प्रतिशत मानेर विजेता घोषणा गरिएको थियो ।

ग्रान्ड फिनालेमा हाम्रो निमन्त्रणालाई स्विकार गरेर कलाकारको हौसलाको लागि नेपाल देखी पाल्नुहुने सुगम संगितका चर्चित गायक रामकृष्ण ढकाल तथा नृत्य बिधाको अतिथि निर्णायक मोडल तथा कोरियोग्राफर पुर्णिामा श्रेष्ठ प्रति आभार व्यक्त गर्दछौ ।

प्रतियोगिताको शुरु देखी निर्णयकमा गायन तर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक थापा मगर ज्यु तथा पर्यवेक्षक कमलमणि गुराराई, क्रान्ती सिङ, बुधबल गुरुङ र करिम बकस मियाँ ज्यु प्रती आभारी छौ ।

अन्त्यमा, ग्रान्ड फिनालेमा प्रमुख आतिथ्यता ग्रहण गरिदिनुहुने कतारको लागि महामहिम राजदुत डा.नरेश विक्रम ढकाल ज्यु, एनआरएनए उपाध्यक्ष राज रेग्मी ज्यु, अथिति निर्णायक नरेन्द्र भाट र प्रविण गुरुङ ज्यु, आईसीसी सदस्य ज्युहरु, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकार एवं सम्पुर्ण उपस्थितमा आगामि दिनमा यस्तै साथ सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद व्यक्त गर्दछौ।

रमेश भट्ट

अध्यक्ष

तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।