Navigation
Photo Gallery

गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा–२०२३ कतार सिजन ४’को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार सम्पन्न भएको छ ।  गायन र नृत्य विधाबाट पाँच–पाँच जना फाइनलिष्ट चुनिएका छन् । उक्त कार्यक्रम  शुक्रबार प्लाजामलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको थियो।  

फाइनलिष्ट पाँचमा गायन विधाबाट दीपक कुमार घले (भोटिङ नं. १), इशान रेग्मी (भोटिङ नं. २), सुजन गुरुङ (भोटिङ नं. ३), मानसिङ परियार (भोटिङ नं. ४) र रुस्तम तामाङ (भोटिङ नं. ५) रहेका छन् । त्यस्तै नृत्य विधाबाट जुनु माया कुमाल (भोटिङ नं. १), सरोज लामा (भोटिङ नं. २), निरु श्रेष्ठ (भोटिङ नं. ३), झरना राई (भोटिङ नं. ४) र सौजन चहार (भोटिङ नं. ५) रहेका छन् । ग्राण्ड फिनालेमा पुग्ने सबै प्रतियोगीहरु लाई सफलताको अग्रिम हार्दिक बधाई तथा शुभकामना ! साथै प्रतियोगीताबाट बाहिरिनु हुने सम्पुर्ण कलाकारहरुलाई उज्जल कला तथा सांगीतिक यात्राको शुभकामना व्यक्त गर्दछौ ! 

मूलआयोजक समिति:

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार तथा तमु (गुरुङ) समाज कतार