Navigation
Photo Gallery

कतार च्यारिटि द्वारा आयोजना गरिएको समुदाय स्तरीय अन्डर १६ मैत्रीपुर्ण फुटबल प्रतियोगिता

Dec 17, 2023

सम्पुर्णमा नमस्कार। 

कतार च्यारिटि द्वारा आयोजना गरिएको समुदाय स्तरीय अन्डर १६ मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नेपाली समुदायको प्रतिनिधित्व गर्दै  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गर्ने सम्पुर्ण सहभागी खेलाडिहरु लाई हार्दिक आभार ब्यक्त गर्दछु। डिसेम्बर १६ तारिखका दिन नेपाली समुदायबाट प्रतिनिधित्व गर्दै खेलाडी भाईहरु मोरोक्को संग पहिलो चरणको खेल खेलेका थिए, पहिलो पटक अन्डर १६ को  फुटबल प्रतियोगितामा नेपाली समुदायको प्रतिनिधित्व गर्दै खेलमा भाग लिएकोमा कतार च्यारिटि का डेप्युटि इन्चार्ज श्री खैरुदीन ज्यु ले  खुशी व्यक्त गर्दै हरेक हप्ता यसरि नै नेपाली समुदायबाट भाग लिनको लागि जोड समेत दिनु भएको थियो, साथै खेल्न इच्छुक खेलप्रेमी खेलाडी तथा अभिभावक ज्युहरुलाई सम्पर्क गर्न पनि आग्रह गर्दछौ ।  

आज १७ डिसेम्बर २०२३ मा पुन ट्युनिसियन स्कुल अल लुक्तामा दिनको ३ बजे खेल हुने जानकारी गराउन चाहन्छौ ।

 

रमेश केसि 

WhatsApp-Image-2023-12-17-at-11.06.12_951c4822-1702808787.jpg

संयोजक

सम्पर्क:- ३३३४४९७७ 

खेलकुद तथा अतिरिक्त क्रियाकलाप बिभाग
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।