Navigation
NRNA Qatar News

गैरआवासीय नेपाली तारा- २०२३ (चौथो संस्करण)

Nov 01, 2023

 गैरआवासीय नेपाली तारा- २०२३ (चौथो संस्करण) आयोजना बारे सहभागिताको लागि हार्दिक अपिल !
.........................................................................................................................
"नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ' भन्ने नाराका साथ लुकेर बसेको कलालाई प्रष्फुटन/उजागर गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको सयुक्त आयोजनामा हुन गइरहेको गैरआवासीय नेपाली तारा- २०२३ (चौथो संस्करण- गायन तथा नृत्य प्रतियोगिता )  बारे जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस प्रतियोगितामा सहभागि हुन दोहा वासी कलाकारहरुलाई हार्दिक अपिल गर्दछौं । प्रतियोगितामा सहभागि हुन ईच्छुक प्रतियोगिहरुले तपसिलमा उल्लेख गरिएको मिति र स्थानमा सम्पर्क गर्नुहुन समेत सादर अनुरोध गर्दछौं। 

तपसिल
पहिलो अडिसनः  १ डिसेम्बर २०२३, शुक्रवार 
समयः            अपह्रान्ह १.०० बजे देखि ५.०० सम्म 
स्थानः           फुलबारी रेष्टुरेण्ट सनैयाको हल ।

दोस्रो अडिसन:         २२ डिसेम्बर, २०२३, शुक्रबार (स्थान पछि तोकिने )
तेस्रो अडिसन :         १२ जनवरी २०२४, शुक्रबार  (स्थान पछि तोकिने )
ग्राण्ड फिनालेः         २ फेब्रुअरी २०२४, शुक्रबार  (स्थान पछि तोकिने )

सहभागिहरुले पुरा गर्नु पर्ने प्रक्रियाहरुः
👉    डिजिटल अडिसनको लागि सहभागि हुने प्रतियोगीहरुले बिना ट्रायकको ३ मिनेट सम्मको नेपाली कुनै पनि बिधाको गित र नृत्य बिधाका प्रतियोगीहरुले ४ मिनेट सम्मको नेपाली गितमा प्रष्ट भिडियो खिचेर       3343 1371 नम्बरको Whatsapp मार्फत पठाउनु पर्नेछ ।  
👉    डिजिटल अडिसन मिति १ नोभेम्बर २०२३ बाट खुल्ला गरिएको छ । डिजिटल अडिसन २५ नोभेम्वर २०२३ रातको १०.०० (कतारको समय) बजे सम्ममा प्राप्त भएको भिडियोलाई सहभागि गराईनेछ । 
👉    डिजिटल अडिसनबाट छनौटमा भएका प्रतियोगिहरुलाई जानकारी सहित प्रथम अडिसनको लागि समावेश गराईनेछ। त्यसपछिको छनौट राउण्डको लागि फोन र सूचनाहरु मार्फत जानकारी गराईनेछ । विभिन्न चरणहरुबाट छनौट भएका प्रतियोगिहरुले आयोजकले निर्धारण गरेका प्रक्रियाहरु पुरा गर्न आयोजकको सचिवालय वा तल उल्लेखित सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नु पर्नेछ ।
थप जानकारीको लागि सम्पर्क नम्बरहरुः

📱    मदन गुरुङ         3129 5807
📱    रोशन अर्याल         7066 5644
📱    कृष्ण पन्थी                5030 7156
📱    भाईकाजी गुरुङ        7761 2200
📱    बिबेक पुलामी मगर     7054 0932
📱    धन बहादुर गुरुङ     5574 3412

धन्यवाद 
आयोजक
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार 

तमु (गुरुङ) समाज कतार