Navigation
Photo Gallery

नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा टिका ग्रहण कार्यक्रम

Oct 25, 2023

नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा टिका ग्रहण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। 

नेपाली राजदुतावासको कतारको सभाहलमा सयौं आस्थावान हरुको उपस्थितिमा, शुभ साइत बिहान ९:५९ बजे नै टिका ग्रहण कार्यक्रम सुचारु गरिएको हो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक एवं पुर्व उपाध्यक्ष सागर नेपाल, आईसीसी सदस्य प्रेम चलाउने, एनआरएनए एनसीसी कतार अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरु, पत्रकार लगायत नेपाली दाजु भाइ दिदिबहिनी हरुको उपस्थिति रहेको थियो ।

विभिन्न धर्म, जातजाती, भाषा र समुदायका बिच पनी हाम्रा विभिन्न राष्ट्रिय चाडपर्वले हामिलाई एकताको सुत्रमा बाधेर राखेका बताउदै एनसीसी कतारले प्रवासमा रहेर पनि धर्म र संस्कृतीको संरक्षण गर्न प्रतिवद्ध रहोस भन्ने विभिन्न व्यक्ती हरुले कामना गरेका थिए ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दसमि अर्थात टीका ग्रहण गर्ने दिनलाई मानिन्छ ।

उपस्थित जनलाई एनसीसी कतार अध्यक्ष रमेश भट्ट गैरआवासीय नेपाली संघका संस्थापक एवं पुर्व उपाध्यक्ष सागर नेपाल, एनसीसी कतार प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायतले टीका सहित आशिर्वाद दिएका थिए ।