Navigation
Other Activity

बृहत सांगितिक कार्यक्रम तथा फुटबल खेलकुद

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले अल अरबी स्पोर्ट क्लबको सहयोगमा ५ डिसेम्बर २०१४का दिन अल वक्रा स्टेडियममा बृहत सांगितिक कार्यक्रम तथा फुटबल खेलको आयोजना गरेको थियो ।
चर्चित गायीका कोमल वली, गायक मिङमा छिरिङ शेर्पा र गायीका लक्ष्मी ढकालको प्रस्तुती रहेको सो कार्यक्रम कतार स्टार लिग अन्तर्गत अल अरबी स्पोर्ट क्लब र अल सैलिया क्लब बिचको फुटबल खेलको अवसरमा आयोजना गरिएको थियो । सो खेल पश्चात नेपाली कम्यूनिटि तथा इन्डियन कम्यूनिटि बिचको मैत्रीपुर्ण फुटबल खेल समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्था तथा व्यवसायीकहरुको सहयोगमा करिब ४०००को संख्यामा उपस्थित नेपाली दर्शककहरुलाई भाग्यशाली चिठ्ठा मार्फत अलअरबी क्लबले दोहा काठमाडौका हवाइ टिकटहरु तथा सपिङ भौचरहरु प्रदान गरेको थियो । कतार स्टार लिग अन्तर्गतको खेलमा अल सैलिया क्लब तथा मैत्रीपुर्ण फुटबल खेलमा इण्डियन कम्यूनिटि टिम बिजयी भएको थियो ।