Navigation
Other Activity

सामुहिक देउसी भैलो कार्यक्रम सम्पन्न

Sep 22, 2023

२४ अक्टोबरका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको संयोजन गरेको देउसी भैलो कार्यक्रम अत्यन्त उत्साहजनकरुपमा सम्पन्न भएकोछ। नेपाली राजदुृतावासको बिषेश सहयोग तथा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको सहभागीतामा सम्पन्न सो कार्यक्रममा नेपाली राजदुतावास कतारका कार्यबहाक राजदुत गणेश प्रसाद ढकाल, एनआरएनए आइसीसीका उपाध्यक्ष टि. बि. कार्की, मध्यपुर्व संयोजक पूर्ण के सी, सल्लाहकार नरेन्द्र भाट, सदस्यद्धय अमृत गुरुङ तथा उमेश अधिकारी, एनसीसी एनसीसी सल्लाहकार संयोजक गुरुनारायण रानाभाट लगायत सल्लहाकारहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायत नेपालीहरुको व्यापक उपस्थिति रहेको सो कार्यक्रममा कार्यबहाक राजदुत गणेश प्रसाद ढकालले शुभकामना दिनुभए पश्चात विभिन्न संघ संस्थाको देउसी टोलीहरुले पालै पालो देउसी खेलेका थिए ।

सहभागी संस्थाहरु__

  1. अर्घाखाँचि सेवा समाज
  2. गुल्मी सेवा समाज
  3. मोरङसुनसरी सेवा समाज
  4. स्याङजा सहयोग समाज
  5. नेपाली कला केन्द्र
  6. म्याग्दी सेवा समाज
  7. कतार नेपाली एकता समाज
  8. प्रवासी झापाली सम्पर्क मञ्च कतार
  9. खस क्षेत्री सेवा समाज कतार
  10. कास्की आदर्श सेवा समाज
  11. तनहु सेवा समाज
  12. पाँचथर सेवा समाज
  13. पाल्पाली सेवा समाज
  14. दाङ देउखुरी सेवा समाज
  15. माझि सेवा समाज कतार
  16. किरात राई यायोख्खा
  17. समाजसेवा अभियान रुपन्देही