Navigation
Sports & Culture

एनआरएन कप फुटबल २०१४ को उद्घाटन कार्यक्रम सम्पन्न

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आयोजना गरेको एनआरएन कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएकोछ । सो अवसरमा नेपाली राजदुताबास कतारका कार्यबहाक राजदुत गणेशप्रसाद ढकाल, अलअरबी स्पोर्ट क्लबका म्यानेजर अब्दुल्लाह अनयमा, एनआरएनए आइसीसी उपाध्यक्ष टि. बि. कार्की, मध्यपूर्व क्षेत्रीय उपसंयोजक पूर्ण के सी, आइसीसी सल्लाहकार देवकाजी डंगोल, आइसीसी सदस्यद्धय अमृत गुरुङ तथा उमेश अधिकारी, एनसीसी सल्लाहकार गुरुनारायण रानाभाट लगायत सल्लाहकार सदस्यहरु एवं एनआरएनए आइसीसी तथा एनसीसीका पुर्व पदाधिकारीहरु, एनसीसी तथा व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, पत्रकार, खेल पे्रमि नेपालीहरुको व्यापक उपस्थिति रहेको थियो । कार्यबहाक राजदुत गणेशप्रसाद ढकाल, अलअरबी स्पोर्ट क्लबका म्यानेजर अब्दुल्लाह अनयमा तथा एनआरएनए आइसीसी उपाध्यक्ष टि. बि. कार्कीले प्रतियोगिताको उद्घाटन गर्दै छोटो शुभकामना मन्तव्यद्धारा प्रतियोगिताको सफलताको कामना गर्नू भएको थियो । फुटबल हानेर उद्घाटन गर्नुभएको कार्यक्रममा अग्रजहरु बिशिष्ट व्यक्तित्वहरुको समुपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न २४ टिम सहभागि छन् ।

प्रतियोतिाको  हाल सम्म सम्पन्न खेलहरुको अपडेट यस प्रकारछ ।

____खेल नं. १_खेल सम्पन्न :२८ अगष्ट २०१४____

प्रतिष्पर्धि टिम: नारायणगोपाल नेपाली अन्तराष्ट्रिय कलाकार मञ्च फुटबल टीम तथा पाथीभरा स्पोर्टस क्लब, ताप्लेजुङ
बिजेता : नारायणगोपाल नेपाली अन्तराष्ट्रिय कलाकार मञ्च फुटबल टीम (टाइ बे्रकर)
सर्बोत्कृष्ट खेलाडी : खेम गौतम (नारायणगोपाल)

____खेल नं. २_खेल सम्पन्न :२८ अगष्ट २०१४____
प्रतिष्पर्धि टिम : डाँफे तामाङ समाज फुटबल टीम तथा अन्नपुर्ण फुटबल क्लब
बिजेता : डाँफे तामाङ समाज फुटबल टीम (गोल अन्तर ४–०)
सर्बोत्कृष्ट खेलाडी : बिकेस घिसिङ तामाङ ( डाँफे )

____खेल नं. ३_खेल सम्पन्न :२९ अगष्ट २०१४____
प्रतिष्पर्धि टिम : भद्रकाली प्रवासी हेम्जा समाज तथा बागेश्वरी राधापुर स्पोर्ट क्लब
बिजेता : भद्रकाली प्रवासी हेम्जा समाज (गोल अन्तर ३–१)
सर्बोत्कृष्ट खेलाडी : सन्तोष बि. क. (भद्रकाली)

_____खेल नं. ४_खेल सम्पन्न :२९ अगष्ट २०१४____
प्रतिष्पर्धि टिम : माच्छापुछ्रे गु्रप फोर नेपाली फुटबल टीम तथा फेवा स्पोर्टस टीम
बिजेता : माच्छापुछ्रे गु्रप फोर नेपाली फुटबल टीम (टाइ बे्रकर)
सर्बोत्कृष्ट खेलाडी : ए वन राई ( माच्छापुछ्रे)

____खेल नं. ५_खेल सम्पन्न :२९ अगष्ट २०१४____
प्रतिष्पर्धि टिम : बुद्ध बि. बि. एफ सी फुटबल टीम तथा सप्तकोशी अमल सर्भिस फुटबल टीम
बिजेता : बुद्ध बि. बि. एफ सी फुटबल टीम (गोल अन्तर ३–०)
सर्बोत्कृष्ट खेलाडी : सुरज सेन्चुरी ( बुद्ध बि. बि. एफ सी )

10300889_514404582027103_5349205381934925014_n 10615470_514404388693789_2132288224851526130_n 10628243_514404922027069_2702431798998648336_n