Navigation
Other Activity

तिज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले नेपाली महलिाहरुको महान् पर्व तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रमको आयोजना गर्‍यो । एनआरएनए एनसीसी अध्यक्ष मक्सुद आलको सभापतित्वमा दोहा स्थित गोल्डेन फोर्क रेष्टुरेन्मा आयोजित सो कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष टि. बि. कार्की, आइसीसी सदस्यद्धय अमृत गुरुङ तथा उमेश अधिकारी, नेपाली महिला समाज कतारका पदाधिकारीहरू लगायत महिला दिदीबहिनीहरुको व्यापक उपस्थििति रहेको थियो । एनसीसी महिला संयोजक सम्झना पुडासैनीले स्वागत तथा सचिवालय सदस्य टि. एन. बरालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा महिला समाजकि महासचिव जानुका बस्नेत, एनआरएनए आइसीसी उपाध्यक्ष टि. बि. कार्कीले शुभकामना मन्तव्य राख्नु भएको थियो । अध्यक्ष मक्सुद आलमले औपचारिक कार्यक्रमको समापन गर्नु भएपछि सांगितक कार्यक्रम तथा दर खाने कार्यक्रम सुरु भएको थियो ।