Navigation
Sports & Culture

ह्याण्डबल खेलाडीहरुलाई सम्मान

Sep 22, 2023

कतारको एस्पायर जोनमा २६,२७ र २८ फरवरी २०१४मा सम्पन्न दोश्रो कतार ह्याण्डबल टुनामेण्ट खेल्न पहिलो पटक कतार आएर प्रतिष्पर्धा गरि तेश्रो स्थान हाँसिल गर्न सफल नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलिलाई २८ फरवरीका दिन होलिडे भिल्ला होटलमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको तर्फबाट बधाइ तथा उत्तरोत्तर प्रगतिको शुभकामना सहित सम्मान गरिएको थियो । सो अवसरमा एनसीसी कतारका अध्यक्ष मक्सुद आलम सहित सल्लाहकार संयोजक गुरुनारयाण रानाभाट, सल्लहकार बिनेश तामाङ, टोलिका टिम मेनेजर लगायत सदस्यहरुको उपस्थिति रहेको सो कार्यक्रममा नेपालको ह्याण्डबल खेलसँग सम्बन्धमा रहेर छोटो साक्षत्कार गरिएको थियो । जसमा टिम क्याप्टेन रञ्जना राई, एनआरएनए एनसीसी कतार परिषद् सदस्य बिमल गुरुङ, लेखा समिति सदस्य छवि बि. क., एनसीसी सल्लाहकार बिनेस तामाङ, सल्लहकार संयोजक गुरुनारयाण रानाभाट, टिम म्यानेजर तेज गुरुङ तथा अध्यक्ष मक्सुद आलमले आफ्ना बिचारहरु राख्नुभएको थियो । खेलका समयमा उपस्थित भएर नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न एनसीसी कतारले आहवन गरे बमोजिम उल्लेख्य नेपाली दर्शहरुको उपस्थितिरहेका थियो ।
1507592_832133350145700_464231355_n

1962595_832090710140849_1170917605_n