Navigation
Sports & Culture

भव्य सांगितिक कार्यक्रम सम्पन्न

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले २१ फरवरीका दिन दोहाको अलअरबि स्पोटर्स क्लबमा बृहत सांगितिक कार्यक्रम आयोजना गरेकोछ ।
अल अरबी स्पोर्टस क्लबको सहयोगमा आयोजित सो कार्यक्रममा चर्चित गायक यम बराल तथा चर्चित गायीका रेश्मा सुनुवारका साथमा कतारमा रोजगारीसँगै सांगितिक क्षेत्रमा क्रियाशिल कलाकारहरु ध्रु्रव बि. सी., शिवनारायण चौधरी, दिवस याख्खा र बिरेन्द्र श्रेष्ठले आफ्ना सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कतारमा क्रियाशिल ८५०० भन्दा बढि दर्शकहरु उपस्थित रहेको सो कार्यक्रम कतार स्टार गि अन्तर्गत कतारका प्रसिद्ध अल अरबी स्र्पोट क्लब र अल खर्तियात स्र्पोट बिचको फुटबल खेलको अवसर पारेर आयोजना गरिएको थियो । कतारमा कार्यरत नेपालीहरुलाई खेल तथा संगितको मनोरञ्जन प्रदान गर्न एनआरएनए एनसीसी कतारको विशेष पहलमा आयोजित सो कार्यक्रममा दर्शकलाई निशुल्क यातायात व्यवस्था तथा निःशुल्क प्रवेशको प्रबन्ध गर्नुका साथै अल अरबी क्लबको सौजन्यमा विभिन्न भाग्यशाली उपहारहरु प्रदान गरिएको थियो । जसमा ३० जना लाई दोहा काठमाडौको हवाई टिकट, २५ जनालाई स्याम्सुङ मोवबाइल तथा ४५ जनालाई ५ तारे होटलका डिनर तथा स्विट कुपनहरु थिए ।
सो अवसरमा गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टि. बि. कार्की, सल्लाहकारद्धय देवकाजी डंगोल तथा नरेन्द्र भाट, सदस्य अमृत गुरुङ लगायत एनसीसी कतारका एनआरएनहरु तथा कतारमा स्थापित संघ संस्थाहरु, व्यवसायी, बुद्धिजीवी तथा पत्रकारहरुको व्यापक सहभागिता र सहयोग रहेको थियो ।
1901532_721729531200911