Navigation
Other Activity

कतारको राष्ट्रिय दिवस समारोहको व्यवस्थापन समन्वय

Sep 22, 2023

मित्र राष्ट्र कतारको राष्ट्रिय दिवस २०१३ को अवसरमा कतार सरकारको आन्तरिक मामिला मन्त्रालयको जन सम्पर्क विभागको आयोजनामा १८ डिसेम्बर २०१३ मा अलखोर स्टेडियममा आयोजित “नेस्नल डे” समारोहको समन्वय तथा संचालनको जिम्मेबारी नेपाली समुदायको प्रतिनिधित्व गर्दै एनआरएनए एनसीसी कतारले गरेको थियो । त्यस अवसरमा १० सांगितिक तथा १० सांस्कृतिक प्रस्तुतिका साथै हजारौ नेपाली दर्शकहरु सहित सहभागिता जनाइएको थियो । समारोह व्यवस्थापन तथा संचालनमा समुदायका करिब ३ दर्जन अगुवाहरुले स्वयंसेवकको भुमिका निर्वाह गनुभएको थियो भने एनआरएनएको तर्फबाट सांस्कृतिक तथा सांगितिक संस्थाका टोलिहरुले प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । सोहि अवसरमा आयोजित अन्तर समुदाय फुटबल खेलमा नेपाली समुदायको तर्फबाट खेलेको एनआरएनए एनसीसीको टिमले अलखोर समुदाय विरुद्ध ९–० को फराकिलो अन्तरले विजयी हाँसिल गरेको थियो ।national dai ce